उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

त्रियुगा न्यूज भदौ २९
जिल्ला अस्पताल उदयपुरमा कार्यरत २० जना डाक्टरहरुले एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी शुक्रवारदेखि आकस्मिक सेवा वाहेकका स्वास्थ्य उपचारसँग सम्बन्धित सम्पूर्ण सेवाहरु बन्द गरेकाछन ।
मकवानपुरको हेटौडा १ स्थित सञ्चो अस्पतालमा कार्यरत डा.विकास थापा र डा.प्रशान्त विडारी माथि गरिएको साङ्घातिक हमलाको घोर निन्दा गर्दै स्वास्थ्य संस्था जस्तो सम्वेदनशील क्षेत्रमा यस किशिमका गतिविधि जुनसुकै वेला जो सुकैलाई जहाँ पनि हुनसक्ने भन्दै दोशीहरुलाई कारवाहि नभएसम्म आपूmहरु विरामी हेर्न नसक्ने भनि अस्पतालको ओपिडि सेवा ठप्पगराएकाहुन ।
उदयपुर जिल्ला अस्पतालमा कार्यरत डा.शसिरञ्जन प्रधान,डा.राहुल यादव,डा.सन्दिप राउत,डा.दिपेश यादव,डा.प्रशान्त सुवेदी,डा. निरज चौधरी लगायत २० जना चिकित्सकहरुले हेडौडा घटनाबाट आपूmहरु मानसिक रुपले विछिप्त अवस्थामा रहेको र यस्तो स्थितिमा विरामिहरुको उपचार सेवामा संलग्न हुन नसकिने भनि सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यस विषयमा सम्पर्क गर्दा उदयपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.ज्ञानेन्द्र झाले आकस्मिक सेवा सुचारु रहेको तर ओपिडि सेवा भने बन्द भएको बताउनुभयो । टाढा टाढा बाट विरामिहरु अस्पतालमा उपचारको लागि आएका तर अस्पतालका विरामि जाच्ने कोठाहरु भने सवैमा ताला बन्दि गरिदा आपूmहरु स्वास्थ्य उपचार गर्नपाउने संवधानिक अधिकारबाट बञ्चित हुनुपरेको त्रियुगा नगरपालिका १०का विरामि अन्जु मगरले बताउनुभयो ।

 

बिज्ञापन

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

सम्बन्धित खवर

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

उदयपुरका दुवै क्षेत्रमा रास्वपा विजयी दुई स्वतन्त्रसहित २१ को जमानत जफत

उदयपुर २ मा चारपक्षीय भिडण्त

उदयपुरमा ट्रक दुर्घटना चालक र सहचालकको मृत्यु