महाकाव्य सहित दुई पुस्तक विमोचन चार स्रष्टा सम्मान

त्रियुगा न्युज
गाईघाट साउन ५ । उदयपुरको गाईघाटमा शनिबार उदयपुर साहित्य कला प्रतिष्ठानले दुई पुस्तक विमोचन गर्नुका साथै चार जना स्रष्टालाई सम्मान गरेको छ । उदयपुर साहित्य कला प्रतिष्ठानको दोश्रो वार्षिक साधारणसभाका अवसरमा प्राज्ञ खेम नेपालीले उदयपुरका साहित्यकार उद्धव घिमिरेद्धारा लेखिएको महाकाव्य इतिहास भित्रको बर्तामान र चारजना स्रष्टाको संयुक्त प्रकाशन स्रष्टा सङ्गमको एकैसाख बिमोचन गर्नु भएको हो ।
सो अवसरमा प्राज्ञ खेम नेपालीेले उदयपुर साहित्य कला प्रतिष्ठानले गरेको यो कार्यक्रमबाट आफूले पनि शिक्षा पाएको र यो शिक्षालाई बिराटनगरमा पनि प्रयोग गर्न प्रयास गर्ने बताउनुभयो । उहानँले साहित्य लेख्दा जनतालाई, पिछडिएका वर्ग, समाजले हेलोहोचो गर्ने वर्गका बारेमा लेख्नु पर्ने र बिग्रेको राजनीतिलाई सपारेर मुलुकलाई नयाँ बाटोमा लैजान मार्ग निर्देश गरेर लेख्नु पर्ने बताउनुभयो ।
सो कार्यक्रममा झट्केलो छोरो उपन्यासका लेखक भिम बहादुर खत्री घाँसेलाई २०८० सालको शिवलोक स्मृति साहित्य पुरस्कारबाट सम्मानित गरिएको छ । घाँसेलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित नगद रु दस हजार रासीको शिवलोक स्मृति साहित्य पुरस्कार सो अवसरमा प्रमुख अतिथि नेपाली र पुरस्कारदाता परिवारका तर्फमा शिव कुमारी पोखरेलले संयुक्त रुपमा प्रदान गर्नुभएको हो । यसैगरी राष्ट्रिय कविता महोत्सव २०८० मा उत्कृष्ट दसौ स्थानभित्र पर्न सफल कवि जीवन आरोही, द पोयट आइडलको दसौँ स्थानसम्म पुगन सफल भएका ऋषि बहादुर राई, र विश्वव्यापी खुला गजल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल सुमी पोखरेललाई उदयपुर साहित्य कला प्रतिष्ठानले दोसल्ला ओढाएर सम्मानपत्र सहित शनिवार सम्मान गरेको छ ।
सो अवसरका बिराटनगरका युवा कवि प्रिन्स प्रमोद ढकाल, इनरुवाका गजलकार किशोर कोइराला, सम्मानित स्रष्टाहरु सुमी पोखरेल, जीवन आरोही लगायतका कवि गजलकारहरुले रचना वाचन गर्नुभएकोथियो । उक्त कार्यक्रममा उदयपुरका अग्रज साहित्यकार एवमं राजनितिज्ञ राममणी पोखरेल, माहाकाव्यका लेखक उद्धव घिमिरे, साहित्यकार पुण्य कार्की ,साहित्यकार हरिशरण खतिवडा लगायतका वक्ताहरुले शुभकामना मन्तथव्यका साथै विमोचित महाकाव्यको र स्रष्टा सङ्गमको समीक्षा प्रस्तुत गर्नुभएकोथियो ।
उदयपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष डा. कैलाश कुमार राईको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष बासुदेव पोखरेलले स्वागत मन्तव्य दिनु भएको थियो भने महासचिव माधव पोखरेल गोज्याङ्ग्रेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष महेन्द्र कुमार राईले आर्थिक प्रतिवेदन समेत प्रस्तुत गर्नु भएकोथियो । साधारणसभामा उदयपुर साहित्य कला प्रतिष्ठानको विधान संशोधन गर्ने प्रस्ताव सर्वसम्मत रुपले पास भएको उपाध्यक्ष बासुदेव पोखरेलले जानकारी दिनुभयो ।

No data was found

सम्बन्धित खवर

जेष्ठ नागरिकका लागि वडा वडामा स्वास्थ सिविर सञ्चालन

सार्वजनिक विषयमा महत्वपूर्ण निर्णय गर्दै कांग्रेस एमाले संयन्त्रको बैठक सम्पन्न

उदयपुरमा जन्ति बोकेको बस र मिनिट्रक ठोकिदा एकको मृत्यु पाँच घाईते

नेपालको आर्थिक विकासमा भारतको ठूलो सहयोग— नियोग उपप्रमुख श्रीवास्तवल

सामुदायिक विद्यालयलाई मोतियाही सावउसद्वारा १५ लाख सहयोग

उदयपुरमा राइड टु कोशी–२०८१’ कार्यक्रम आयोजना गरिने

सेवा प्रवाहमा उदयपुर जिल्ला अस्पताल उत्कृष्ट

धार्मिक पर्यटकीय स्थलहरुको पूर्वाधार निर्माणमा सवै पक्षको सहयोग आवश्यक —प्रदेश प्रमुख खापुङ्ग

बेल्टारमा दुव्र्यसनी रोक्न एक महिने सचेतना अभियान सञ्चालन

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित