महाकाव्य सहित दुई पुस्तक विमोचन चार स्रष्टा सम्मान

त्रियुगा न्युज
गाईघाट साउन ५ । उदयपुरको गाईघाटमा शनिबार उदयपुर साहित्य कला प्रतिष्ठानले दुई पुस्तक विमोचन गर्नुका साथै चार जना स्रष्टालाई सम्मान गरेको छ । उदयपुर साहित्य कला प्रतिष्ठानको दोश्रो वार्षिक साधारणसभाका अवसरमा प्राज्ञ खेम नेपालीले उदयपुरका साहित्यकार उद्धव घिमिरेद्धारा लेखिएको महाकाव्य इतिहास भित्रको बर्तामान र चारजना स्रष्टाको संयुक्त प्रकाशन स्रष्टा सङ्गमको एकैसाख बिमोचन गर्नु भएको हो ।
सो अवसरमा प्राज्ञ खेम नेपालीेले उदयपुर साहित्य कला प्रतिष्ठानले गरेको यो कार्यक्रमबाट आफूले पनि शिक्षा पाएको र यो शिक्षालाई बिराटनगरमा पनि प्रयोग गर्न प्रयास गर्ने बताउनुभयो । उहानँले साहित्य लेख्दा जनतालाई, पिछडिएका वर्ग, समाजले हेलोहोचो गर्ने वर्गका बारेमा लेख्नु पर्ने र बिग्रेको राजनीतिलाई सपारेर मुलुकलाई नयाँ बाटोमा लैजान मार्ग निर्देश गरेर लेख्नु पर्ने बताउनुभयो ।
सो कार्यक्रममा झट्केलो छोरो उपन्यासका लेखक भिम बहादुर खत्री घाँसेलाई २०८० सालको शिवलोक स्मृति साहित्य पुरस्कारबाट सम्मानित गरिएको छ । घाँसेलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित नगद रु दस हजार रासीको शिवलोक स्मृति साहित्य पुरस्कार सो अवसरमा प्रमुख अतिथि नेपाली र पुरस्कारदाता परिवारका तर्फमा शिव कुमारी पोखरेलले संयुक्त रुपमा प्रदान गर्नुभएको हो । यसैगरी राष्ट्रिय कविता महोत्सव २०८० मा उत्कृष्ट दसौ स्थानभित्र पर्न सफल कवि जीवन आरोही, द पोयट आइडलको दसौँ स्थानसम्म पुगन सफल भएका ऋषि बहादुर राई, र विश्वव्यापी खुला गजल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल सुमी पोखरेललाई उदयपुर साहित्य कला प्रतिष्ठानले दोसल्ला ओढाएर सम्मानपत्र सहित शनिवार सम्मान गरेको छ ।
सो अवसरका बिराटनगरका युवा कवि प्रिन्स प्रमोद ढकाल, इनरुवाका गजलकार किशोर कोइराला, सम्मानित स्रष्टाहरु सुमी पोखरेल, जीवन आरोही लगायतका कवि गजलकारहरुले रचना वाचन गर्नुभएकोथियो । उक्त कार्यक्रममा उदयपुरका अग्रज साहित्यकार एवमं राजनितिज्ञ राममणी पोखरेल, माहाकाव्यका लेखक उद्धव घिमिरे, साहित्यकार पुण्य कार्की ,साहित्यकार हरिशरण खतिवडा लगायतका वक्ताहरुले शुभकामना मन्तथव्यका साथै विमोचित महाकाव्यको र स्रष्टा सङ्गमको समीक्षा प्रस्तुत गर्नुभएकोथियो ।
उदयपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष डा. कैलाश कुमार राईको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष बासुदेव पोखरेलले स्वागत मन्तव्य दिनु भएको थियो भने महासचिव माधव पोखरेल गोज्याङ्ग्रेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष महेन्द्र कुमार राईले आर्थिक प्रतिवेदन समेत प्रस्तुत गर्नु भएकोथियो । साधारणसभामा उदयपुर साहित्य कला प्रतिष्ठानको विधान संशोधन गर्ने प्रस्ताव सर्वसम्मत रुपले पास भएको उपाध्यक्ष बासुदेव पोखरेलले जानकारी दिनुभयो ।

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

सम्बन्धित खवर

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

उदयपुरका दुवै क्षेत्रमा रास्वपा विजयी दुई स्वतन्त्रसहित २१ को जमानत जफत

उदयपुर २ मा चारपक्षीय भिडण्त

उदयपुरमा ट्रक दुर्घटना चालक र सहचालकको मृत्यु