त्रियुग न्यूज
गाईघाट,माघ १७ । नेपाली सेनाले उदयपुरको रौतामाई गाउँपालिकाको वडा नं २ भुट्टारमा स्थायी प्रकृतिको नागरिक मैत्री हेप्यिाड निर्माण गरेर रौतामाई गाउँपालिकालाई हस्तान्तरण गरेको छ । समुद्र सतहदेखि सातसय ८० मिटर उचाईमा अवस्थित ४५ फीट डायमिटर भएको पक्कि हेलिप्याड निर्माण सम्पन्न गरेर नेपाली सेनाले रौतामाई गाउँपालिकालाई बुधवार हस्तान्तरण गरेको हो ।
नेपाली सेनाको गाईघाटस्थित पशुपति प्रसाद गणको दक्ष जनशक्ति तथा प्राविधक ब्यवस्थापनमा निर्माण सम्पन्न भएको हेलिप्याडको उद्घाटन तथा हस्तान्तरण गर्नुहुदै १८ नं बाहिनि अड्डाका वाहिनि पति सहायक रथी मनोज वैदवारले विकट भौगोलिक अवस्था र न्यून सडक सञ्जाल भएका स्थानहरुमा आकस्मिक उध्दार तथा सम्भाव्य विपद उध्दार कार्यमा स्थानीय वासिन्दाहरुलाई अधिक्तम लाभ पुग्नेगरी यो हेलिप्याड निर्माण गरेर पालिकालाई हस्तान्तरण गरिएको बताउनुभयो ।
सो अवसरमा रौतामाई गाउँपालिकाका प्रमुख विरेन्द्र मगरले अव कुनैपनि आस्मिक घटनाका विरामि तथा दैविप्रकोपका घटनाका सन्दर्भमा तत्काल राहत तथा उध्दार गर्न र आवश्यक परेमा पीडितहरुलाई उहाँहरुको अवस्था हेरी हवाई उध्दार गर्नुपर्ने भएमा त्यस्तो अवस्थाका लागि सहज हुने बताउनुभयो ।
तीनसय मिटर सुरक्षा इलाका कायम गरि निर्माण गरिएको सो नागरिक मैत्रि हेलिप्याडमा उत्तर दक्षिण मोहोडाबाट मझौला तथा साना हेलिकप्टरहरु अवतरण गर्न सकिने र यसका लागि रौतामाई गाउँपालिकाले झण्डै नीतलाख ५० हजार आर्थिक ब्यवस्थापन गरेको रौतामाई गाउँपालिकाका सव ईन्जिनिएर दिपेन्द्र श्रीवास्तवले बताउनुभयो ।