पुननिर्मित ऐतिहासिक उदयपुरगढीको उद्घाटन गढी परिसरमा महाकाली भगवतीको मूर्ति स्थापना

त्रियुगा न्यूज कात्तिक ५
ऐतिहासिक तथा पुरातात्वीक महत्वो बोकेको उदयपुरगढीको पुननिर्माण तथा स्तरउन्नति कार्य सम्पन्न भएको छ । सदरमुकाम गाईघाटबाट ३८ किलोमिटर उत्तर पश्चिमा र समुद्र सतहदेखि ११६० मिटरको उचाईमा करिव १५ रोपनि जग्गाको क्षेत्रफलमा फैलिएको उदयपुरगढी गाउँपालिका वडा नं ५ मा रहेको सो ऐतिहासिक उदयपुरगढीको पुननिर्माण भएपछि गढीले पुरानो आकार लिएको हो ।
करिव तीनकरोड ५० लाख रुपियाँयो खर्चमा पुननिर्माण गरिएको सो पुरानो गढीको आइतबार नेपाली सेनाका पूर्वि पृतना मुख्यालय ईटहरीका प्रमुख उपरथी आसवहादुर तामाङ् र उदयपुरगढी गाउँपालिकाका प्रमुख मानवहादुर केप्छाकी मगरले संयुक्त रुपमा एक समारोहकाबीच शीलालेख अनावरण गरी उद्घाटन गर्ननुभएको छ । सोक्रममा पृतनापती तामाङले यस किसिमका गढिहरुको संरक्षण गर्नु नेपाली सेनाको संस्थागत दायित्व भएको बताउनुभयो ।
हिन्दूहरुको राष्ट्रिय चाड बडा दशैंको आठौदिन आज आईतवार आयोजित पुननिर्मित गढी उद्घाटन कार्यक्रकै क्रममा नेपाली सेनाको गाईघाटस्थित पशुपतिप्रसाद गणको सहयोग तथा १८ नं बाहिनी अड्डाका बाहिनीपति मनोज वैदवारको प्रमुख समन्वयमा गढीको मध्यभागमा निर्मित मन्दिरमा महाकाली भगवतीको मुर्ति स्थापनागरी प्राणप्रतिष्ठा गरेर आजैबाट नियमित पूजाआरधना को शुरुवातसमेत गरिएको छ ।
सो अवसरमा प्रमुख अतिथि प्रतिनिधिसभाका साँसद अम्बरवहादुर रायमाझिले झण्डौउत्तलन गरी एतिहासिक गढीमा राष्ट्रिय झण्डा फहराउनुभएको छ । कार्यक्रममा कोशी प्रदेशका उपसभामुख सृजना दनुवारले रिवन काटेर गढी प्रवेश गर्ने मुख्यद्वार खुला गराउनुभएकोथियो । सो कार्यक्रममा पञ्चकन्याबाट कलस यात्रा,नेपाली सेनाको ब्याण्डबाजा सहितको उच्च अधिकृतहरुको टोली,जनप्रतिनिधिहरु,राजनैतिक दलका कार्यकताृ तथा महिला दिदिबहिनीहरुको उल्यख्य रुपमा सहभागिता रहेकोथियो ।
पुरानो गढी क्षेत्र गाउँपालिका केन्द्र उदयपुरगढीदेखि १ किलोमिटर उत्तरमा रहेको छ । दुईसय ५२ वर्षभन्दा अघिको ध्वस्त गढीको भग्नावशेषलाई पुनर्जीवनदिदै गढी पुनर्सरचनाकार्यले गढीमा तत्कालीन सैनिक बंकर, कोत खाना, युद्धपोत र सुरक्षा संयन्त्रको ध्वस्त संरचनाहरुलाई पुनसंरचना गरि आन्तरिक तथा वाहिय पर्यटनको गन्तब्यस्थलका रुपमा विकसित गरिएको उदयपुरगढी गाउँपालिकाका प्रमुख मानवहादुर केप्छाकील बताउनुभएको छ ।
पृथ्वीनारायण शाहको फौजी कारबाहीकालको इतिहास झल्काउँदै पर्यटन विकास गर्ने उदेश्यले गाउँपालिकाले त्यहाँ पुनारो गढीको पुननिर्माणको योजना अघि सारेको हो । पुरानो गढीको वरिपरि एकसय ३० मिटर गोलो बंकर,बंकरको बीचमा पाँचसय मिटर व्यास सहितको गोलाकार अग्लो भागमा आठ त्रिभुज (अष्टकोण) आकारको गढीको निर्माण गरिएको हो ।
गढीको वरिपरि बाहिरपटि छ फीट र भित्रपटि १४ फीट उचाईको गारो लगाएर बंकर पुननिर्माण गरिएको छ । प्राचीन गढीे झल्काउने गरी काँचो ढुङ्गाचिल्लो र निश्चित आयाताकारमा ढालेर कलात्मक बनाएर जडान गरीएको छ र्। नेपाल सरकारले देशका एकसय पर्यटकीय गन्तव्यमध्ये उदयपुरगढीलाइ पनि समेटेको छ । सोहि अनुसार पालिकाले पुरानो गढी पुनर्संंरचनाको योजना अघि सारेको हो ।
दुईसय ५० वर्ष अघि २२ से २४ से राज्यमध्ये एउटा राज्य रहेको उदयपुरगढी र चौदण्डीगढीलाई शाहवंशीय राजा पृथ्बीनारायण शाहका सेनाले कब्जा गरेकाथिए । पूर्वबाट किरात वंशका वल्लो किरात, पल्लो किरात र माझकिरात कब्जागर्दै आएका पृथ्वीनारायण शाहका सेनाले राज्य एकीकरणको क्रममा विजयपुरगढी, हतुवागढी, चौदण्डीगढी कब्जा गर्न उदयपुरगढीमा युद्धपोत स्थापना गरेर लडाई गरेको उदयपुर जिल्लाको इतिहास लेखक कौशल चेम्जोङले बताउनुभयो ।

No data was found

सम्बन्धित खवर

हायसको ठक्करबाट पैदल यात्रीको मृत्यु

उदयपुरको बेलका ९ मा माओवादीका भरत घिमिरे विजयी

त्रिनपा १२ मा नेकपा माओवादीका उम्मेदवार नविनकुमार राई विजयी

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

उदयपुरमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

सिमेन्ट उद्योगका कर्मचारी तलव विहिन

कारको ठक्करबाट एकको मृत्यु तीन घाईते

विपन्न बालबालिकालाई पोसाक वितरण त्रियुगा न्युज

मोटरसाईकल दुर्घटनामा बाबुकोे मृत्यु दुई छोरा घाईते

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित