सुनकोसीमा हराईरहेका तीन बालबालिकाको खोजी कार्य जारी

त्रियुगा न्यूज
गाईघाट, चैत १२ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा हराईरहेका तिन बालवालिका अझै फेला परेकाछैनन । आइतवार होलि खेलेर कोसीमा नुहाउने क्रममा पानीमा डुबेर बेपत्ता भएका बालबालिकालाई शसस्त्र प्रहरीको गोताखोर टोली र स्थानीयले दिनभर खोजि गरेपनि फेला पार्न सकिएको छैन ।
साउनेस्थित माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत १२ बर्षीय रेखा मगर, कक्षा ४ मा अध्ययनरत ९ बर्षीय रिदम मगर र कक्षा ५ मा अध्ययनरत १२ बर्षीय लोकबहादुर मगर आईतवार अपरान्ह करिव ३ वजे सुनकोसी नदिमा डुवेर बेपत्ता भएपछि उनिहरुको खोजी गर्न गोताखोरको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
बालबालिकाको खोजतलास गर्न शसस्त्र प्रहरी बल नम्बर १ बाराह बाहिनी मुख्यालय पकली सुनसरीबाट प्रहरी निरीक्षक उमेश काफ्लेको नेतृत्वमा ११ जना शसस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको साउनेस्थित चौकिबाट ६ जनाको सुरक्षा टोलीसहित स्थानीय बासिन्दाहरुको समुहपनि सँगसँगै खटिरहेकोे जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक हरीनन्दन चौधरीले बताउनुभयो ।
बिहान ११ बजे देखि गोताखोरको टोलीले बालबालिका बेपत्ता भएको स्थान देखि तलतिरको क्षेत्रमा पानी मुनी गएर खोजी गरेको र स्थानीय जनसमुदायहरुले वारी पारी किनाराका ढुङ्गाका चेपहरुमा पनि खोजतलास गरिएको छ ।
यस अघि सोमवार विहान कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई वालबालिका बेपत्ता भएको घटना स्थलमा पुगेर उनिहरुको खोजी कार्यमा के कस्तो भइरहेको छ भन्ने कुराको जानकारी लिनु भएको छ । बेपत्ता बालबालिकाहरुको निरन्तर खोजी कार्य भइरहेको तर अहिलेसम्म उनिहरुलाई फेला पार्न नसकिएकोले भोलि अर्थात मङ्गलवार विहानै देखि खोजी कार्यालाई निरन्तरता दिइने गरी आजको खोज कार्य स्थकित गरिएको गोताखेर टोलिका कमाण्डर सशस्त्र प्रहरी निरीक्षक उमेश काप्mलेले बताउनुभयो ।

No data was found

सम्बन्धित खवर

चौदण्डीगढीका दृष्टिविहीन विद्यार्थीलाई ब्रेल लिपिका शैक्षिक सामग्री प्रदान

जेष्ठ नागरिकका लागि वडा वडामा स्वास्थ सिविर सञ्चालन

सार्वजनिक विषयमा महत्वपूर्ण निर्णय गर्दै कांग्रेस एमाले संयन्त्रको बैठक सम्पन्न

उदयपुरमा जन्ति बोकेको बस र मिनिट्रक ठोकिदा एकको मृत्यु पाँच घाईते

नेपालको आर्थिक विकासमा भारतको ठूलो सहयोग— नियोग उपप्रमुख श्रीवास्तवल

सामुदायिक विद्यालयलाई मोतियाही सावउसद्वारा १५ लाख सहयोग

उदयपुरमा राइड टु कोशी–२०८१’ कार्यक्रम आयोजना गरिने

सेवा प्रवाहमा उदयपुर जिल्ला अस्पताल उत्कृष्ट

धार्मिक पर्यटकीय स्थलहरुको पूर्वाधार निर्माणमा सवै पक्षको सहयोग आवश्यक —प्रदेश प्रमुख खापुङ्ग

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित