उदयपुरमा ट्रक दुर्घटना चालक र सहचालकको मृत्यु

भक्तिविलास पोखरेल
गाईघाट,माघ ४ । उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नं ७ अधेरीस्थित मदन भण्डारी लोकमार्गमा आइतबार अपरान्ह भएको सवारी दुर्घटनामा परी चालक र सहचालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाइका अनुसार पश्चिम कटारीबाट पूर्व गाईघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–०१ ख ०५०५ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल अधेरी खोलामा खसेर दुर्घटना भएको हो । सो दुर्घटनामा गम्भीर घाइते भएका चालक र सहचालकलाई उपचारका लागि जिल्ला अस्पताल गाईघाट ल्याइए पनि अस्पतालले दुबै जनाको मृत्यु भएको घोषणा गरको प्रहरी उपरिक्षक चापागाईले बताउनुभयो । हालसम्म मृतक चालक तथा सहचालक दुवै जना पुरुषको सनाखत हुन नसकेको र दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

सम्बन्धित खवर

उदयपुरका दुवै क्षेत्रमा रास्वपा विजयी दुई स्वतन्त्रसहित २१ को जमानत जफत

उदयपुर २ मा चारपक्षीय भिडण्त

उदयपुरमा ट्रक दुर्घटना चालक र सहचालकको मृत्यु