वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

त्रियुगा न्यूज
गाईघाट,२ चैत । उदयपुरको भुल्केस्थित नेपाली सेनाको श्री नं.१८वाहिनी अड्डाको आयोजनामा वाहिनीपति ट्रफी २०८३ को साताब्यापी खेलकुद प्रतियोगिता शुरु भएको छ ।
बाहिनीपति सहायक रथी विमलकुमार बस्नेतले बल हस्तान्तरण गरेर प्रतियोगिताको सुभारम्भ गर्नुहुदै राष्ट्रको गौरव अभिवृद्धि गर्दै समग्र राष्ट्रिय खेलकुद क्षेत्रको विकासमा निरन्तर योगदान पर्यारउदै आईरहेको नेपाली सेनाले राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्षम खेलाडीहरुको पहिचान,विकास तथा प्रोत्साहन गर्ने उदेश्यले यस्तो प्रतियोगिताको आयोजाना गरिएको बताउनुभयो । सो अवसरमा सहायक रथी वस्नेतले खेलाडि तथा उपस्थित सैनिकहरुलाई नयाँ वर्ष २०८३ को शुभकामना दिदै प्रतियोगिताको सफलताको पनि शुभकामना ब्यक्त गर्नुभयो विगतका बर्षहरुमा झै यस बर्ष पनि श्री पूर्वी पृतना हेडक्वाटर अन्तर्गत उदयपुर जिल्लाको भुल्केमा तैनाथ श्री नं.१८ वाहिनी अड्डाले सञ्चालन गरेको यस खेलकुद प्रतियोगितामा नेपाली सेनाको पशुपति प्रसाद गण गाईघाट,ओखलढुङ्गाको रणभीम गण तथा खोटाङ्को दुर्गाबक्स गणका खेलाडिहरुकाबीच प्रतिस्पर्धा हुने छ ।
यहि वैशाख १२ गतेसम्म सञ्चालन गरिने सो प्रतियोगिता अन्तर्गत सामुहिक खेल तर्फ फुटबल, भलिबल, बास्केटबल र एकल विधा तर्फ तेक्वान्दो, बक्सिङ्ग, ऐथ्लेटिक्सि, जुडो, सुटिङ्ग, स्वमिङ्ग गरी जम्मा ९ विधाका खेलहरु समवेश गरी त्यस वाहिनी अड्डा अन्तर्गत रहेका श्री रणभीम गण, खोटाङ्ग, श्री दुर्गाबक्स गण ओखलदुङ्गा र श्री पशुपति प्रसाद गण उदयपुरको सहभागिता रहेको छ ।
तिन जिल्लाका चिनवै गणबाट गरी करिव ३२४ जना खेलाडीहरुलाई सहभागी गराई नयाँ खेल प्रतिभा पहिचान तथा विकास गर्ने उद्देश्यसहित सञ्चालन गरिएको हो । यस प्रकारका आन्तरिक प्रतियोगिताले खेलाडीको क्षमता अभिवृद्धि, प्रतिस्पर्धात्मक भावना विकास तथा भविष्यका उत्कृष्ट खेलाडी उत्पादनमा थप टेवा पुर्याउन मध्दत गर्ने विश्वास लिइएको छ ।

 

बिज्ञापन

 

 

 

विद्यार्थी भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक वितरण गरिने

कम्यूटर शिक्षाको निःशुल्क तालिम

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सम्बन्धित खवर

विद्यार्थी भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक वितरण गरिने

कम्यूटर शिक्षाको निःशुल्क तालिम

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

उदयपुरका दुवै क्षेत्रमा रास्वपा विजयी दुई स्वतन्त्रसहित २१ को जमानत जफत