त्रियुगा न्यूज भदौ १८
संविधानविद काशीराज दाहालले वर्तमान नेपालको संविधानले तीनतहको सरकारको परिकल्पना गरेपनि स्थानीय सरकारमा संघ र प्रदेशमा जस्तो पक्ष विपक्ष नरहेको बताउनुभएकोछ । उदयपुरको त्रियुगा नगरपालिकाद्वारा जनप्रतिनिधि र कर्मचारीहरुका लागि आयोजित स्थानीय सरकार सञ्चालन र ब्यवस्थापन सम्बन्धि दुईदिने प्रशिक्षण कार्यक्रको सोमवार गाईघाटमा सुभारम्भ गर्नुहुदै संविधानविद दाहालले सो कुरा बताउनुधएको हो ।
उहाँले स्थानीय सरकार भनेको जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिहरु रहेको विकास गर्ने राज्यको महत्वपूर्ण सरकारी इकाइ हो भन्ने संविधानको मूल मर्म रहेकोले यसमा विगठन,निलम्बन तथा संघ र प्रदेशमा जस्तो पक्ष विपक्ष, विस्वास अविस्वासको प्रावधान नरहेकोहुदा स्थानीय जनप्रतिनिधि र कर्मचारीहरु मिलेर काम गर्नुको कुनै विकल्प नरहेकोे बताउनुभयो ।
संविधानविद दाहालले मुलुक संघीयता कार्यान्वयनकै चरणमा रहेकोले कतिपय कानुनहरु तीनै तहका सरकारकाबीचमा अझै बाधक वन्ने गरेको छ भन्नुभयो । संविधानमा संघीय सरकारमा राष्ट्रिय र अन्तराष्ट्रिय विषयका ३५ वटा,प्रदेश सरकारका २१ वटा,स्थानीय सरकारका २२ वटा अधिकारहरु स्पष्ट किटानी गरिएको तर संघ र प्रदेशका २५ वटा तथा तनिवटै सरकारका १५ वटा अधिकारहरु भने अहिलेपनि साझा रहेकोले यसैमा कहिलेकाही विवाद सिर्जना हुने गरेको बताउनुभयो ।
संविधानविद दाहालले संघीय लोकतान्त्रीक स.विधान र स्थानीय सरकार,तहगत सरकारको अन्तर सम्बन्ध,स्थानीय सरकारको अधिकार र कानुन निर्माण प्रक्रिया,स्थानीय सरकारका पदाधिकारीहरुको काम,कर्तव्य र अधिकार तथा न्याय सम्पादन,वडाहरुको काम कारवाहि,नगरसभा र वैठक सञ्चालन प्रक्रिया,सुशासनर सेवा प्रवाह र वडाले गर्ने सिफारिस आदि विषयमा प्रशिक्षण गर्नुभएको छ ।
यसैगरी अर्का प्रशिक्षक पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले सकारात्कम सोच र सामूहिक निर्णय,आवधिक योजना,बजेट तर्जूमा र कार्यान्वयन सीप,स्थानीइ तहमा आर्थिक सम्बृध्दि र लगानी सम्मेलनको अवधारणा,सूचनाको हक,लैगिंक उत्तरदायी बजेट,असल अभ्यासहरुको अनुसरण,सार्वजनिक खरिद प्रणाली रआर्थिक सम्बृध्दि तथा नगरपालिकाको विविध कामहरुको ब्याख्या विश्लेषण सम्बन्धि विषयमा प्रशिक्षण गर्नुभएको छ ।
होटल वल्ड दरवारमा नगरप्रमुख बसन्तवस्नेतले उद्घाटन तथा उपप्रमुख महेश्वरी राइले स्वागत गर्नुभएको दुईदिनसम्म सञ्चालन हुने सो कार्यक्रममा त्रियुगा नगरपालिकाका १६ वटै वडाका सचिव र वडा अध्यक्ष,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत विभागीग अधिकृत तथा अन्य सम्पूर्ण कर्मचारीहरु,कार्यपालिकाका सदस्यहरुसमेत गरी करिव ७० जनाको सहभागिता रहेको छ