गाईघाटमा नेपाली व्राण्डेड जुत्ताचप्पल महोत्सव सञ्चालन

त्रियुगा न्युज
गाईघाट,चैत ७ । उदयपुरको सदरमुकाम गाईघाटमा बुधबारदेखि जुत्ताचप्पल महोत्सव सुरु भएको छ । नेपाली उत्पादनमा जोड दिँदै सामुहिक नेपाली जुत्ताचप्पल बिक्री कक्ष गाईघाटले ३० दिने महोत्सवको आयोजना गरेको हो । महोत्सवको निर्धारित समय पश्चातथ पनि सर्वसाधरणलाई लक्षित गरी सोहि ठाउमा शोरुम सञ्चालन गर्ने गरीने आयोजकले जनाएको छ ।
महोत्सवको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले स्वदेशी उत्पादनलाई बढाउन सके बजारबाट विदेशी उत्पादन विस्थापित हुने र त्यसबाट स्वदेशी उत्पादकहरु लाई राहत पुग्नसक्ने बताउनुभयो ।
उहाँले स्वदेशमा उत्पादित उद्योग कल कारखाना, व्यापारले रोजगारसँगै नेपालीको आर्थिक समृद्धिमा सघाउ पुग्ने हुदा विदेशी बस्तु आयातले स्वदेशका आम्दानीहरु वहिर जाने हुनाले आफ्नै देशका उत्पादनलाई साथसहयोग गर्नुपर्ने धारणा व्यक्त ब्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले स्वदेशी उत्पादनलाई प्राथमिकता दिई स्वदेशी सीप परिश्रमलाई सम्मान गगरिने भन्नुहुदै चोरी पैठारीका सामान बजारमा ल्याउन नदिन प्रहरी सक्रिय रहेको छ भन्नुभयो ।
आफ्नो उत्पादन सुन्य र विदेशीको मात्र मुख ताक्ने परम्पराले देश आर्थिकरुपले कमजोर भएको हो भन्नुहुदै प्रजिअ घिमिरेले स्वदेशका उत्पादनलाई खरिदविक्री गरी सहयोग गर्ने हो भने रोजगार र आर्थिक समृद्धिमा असहज हुदैन भन्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य नवराज घिमिरेले विभिन्न ब्राण्डका नेपाली उत्पादनको बजार तथा व्यापार प्रवद्र्धन गर्न र नेपालमापनि उत्कृष्ट जुत्ता चप्पल उत्पादन हुन्छन भन्ने ग्राहकलाई बुझाउन, देखाउन र प्रयोग गर्न प्रोत्साहित गर्न महोत्सव आयोजना गरिएको बताउनुभयो ।
उहाँले आर्थिकमन्दी र बैंकहरुमा देखिएको आर्थिक तरलता तथा अभावकाकारण देशको आर्थिक अवस्था कमजोर भएको अवश्थामा यस्ता किसिमका महोत्सवले समृद्धी हासिल गर्न सघाउ पुर्याउछ भन्नुभयो । पछिल्लो समय देशमा कृषि, पर्यटन, तथा अन्य उत्पादन मुलक उद्योग तथा उत्पादनका क्षेत्रहरु धमाधम बन्द हुँदै जाँदा आर्थिक संकटले उद्योगीहरु पलायन र आत्महत्याको बाटो रोज्न बाध्य हुँदासमेत राज्यले व्यापारीलाई प्रोत्साहन पुग्ने कार्यक्रम ल्याउन नसकेको उहाँको भनाई छ ।
नेपालमा वार्षिक ३५ अर्बभन्दा बढीको जुत्ता चप्पलको कारोबार हुने र वार्षिक लगानी १७ अर्बभन्दा बढी हुने गरेको संयोजक उपाध्यायले बताउनुभयो । नेपाल जुत्ता चप्पलमा पूर्ण आत्मनिर्भर रहेको तर राज्यको नीतिले गर्दा उद्योग संकटमा पर्दै गएको छ भन्नुभयो । नेपालमा ठूला, मझौला, साना तथा घरेलुसमेत गरेर करीब १ हजार ५ सय जुत्ता चप्पल उद्योग रहेको पनि उहाँले जानकारी दिनुभयो ।

 

बिज्ञापन

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

सम्बन्धित खवर

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

उदयपुरका दुवै क्षेत्रमा रास्वपा विजयी दुई स्वतन्त्रसहित २१ को जमानत जफत

उदयपुर २ मा चारपक्षीय भिडण्त

उदयपुरमा ट्रक दुर्घटना चालक र सहचालकको मृत्यु