
भक्तिविलास पोखरेल
गाईघाट,पुस ३० । उदयपुर र भोजपुर जोड्ने रानीटारस्थित सुनकोशी नदिमा निर्माणाधिन मोटरेबल पक्की पुल निर्माणको कार्यले आठवर्ष पछि गति लिएको छ । प्राविधिक समस्याका कारण लामो समयसम्म निर्माणको काम अलपत्र हुदै आएकोे दुई जिल्ला जोड्ने मोटरेबल पक्की पुल निर्माणको कामले अहिले गति लिएको हो ।
डिजाईन परिर्बतनपछि चालु आर्थिक वर्ष पुल निर्माणले गति लिदाँ निर्माणाघिन पुलको भौतिक प्रगति ६० प्रतिशत र वितिय प्रगति ५० प्रतिशत पुगेको पुल सेक्टर धरानका सूचना अधिकारी ईन्जिनियर आबिष्कार तिम्सिनाले बताउनुभयो ।
रसुवा स्वच्छन्द एसएनएस पप्पु (जेभी) ज्वाइन्ट भेन्चरले २५ करोडको लागतमा ३ वर्षमा निर्माण सम्पन्न गर्ने गरि ३० असार २०७३ सालमा ठेक्का सम्झौता गरि काम थालेको थियो । शुरुमा प्रि वायल फाउण्डेशन प्रबिधिमा सुनकोशी नदिमा ६ पिलर भएको दुईसय मिटर लम्बाई ११ मिटर चौडाई रहेको छ ।
‘पाइल’ फाउन्डेसनमा डिजाइन परिवर्तन गरी काम गर्न थालिएको निर्माण कम्पनीका साईट ईन्चार्ज हरि ज्ञवालीले बताउनुभयो । अहिले डिजाईन परिवर्तन भएसँगै ६ वटा ‘पायल’ फाउन्डेसनमा काम भई रहेको छ । निर्माणाधिन मोटरेबल पक्की पुलमा ६ वटा पिलर रहेकोमा अहिले ४ वटा पिलर निर्माण सम्पन्न भई दुईटा स्ल्याब ढलान भई सकेको छ । पाइलिङ प्रबिधिमा निर्माण भएको पिलर नदि मुनि २० मिटर र नदि माथि १८ मिटरको हुने छ ।