कृषि ,शिक्षा र पूर्वाधार निर्माणमा जोड दिएर समृद्ध त्रियुगा नगर निर्माणमा लागि परेका छौं —नगरप्रमुख वस्नेत

 

जिल्लाको मुख्य ब्यापारिक नाका तथा तराई र पहाडलाई जोड्ने केन्द्रको रुपमा रहेको त्रियुगा नगरपालिका उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा अवस्थितछ । चुरे,भित्रिमधेश र पहाड गरी तिन किशिमको भौगोलिक बनावट रहेको यो नगरपालिका ५४७.४३ वर्गकिलोमिटरमा फैलिएकोछ । “स्वस्थ्य शिक्षित उद्यमशील हाम्रो शहर,समुन्नत समावेशी समृध्द त्रियुगा नगर” भन्ने आदर्श वाक्यका साथ दोश्रो कार्यकालका लागि नेपाली काँग्रेसबाट निर्वाचित हुनुभएका त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्तकुमार वस्नेतसँग नगरको विकास,संभावना र चुनौतिलगायतका विषयमा त्रियुगा न्यूजका लागि  गरिएको कृराकानीको संपादित अंश ।

बिज्ञापन

१.सुखि नगरवासी र समृद्ध त्रियुगानगर निर्माणको लागि योजनाहरु के ल्याउनु भएको छ ?
— हामीले हाम्रो एकवर्ष कार्यकाल पुरा गर्दैगर्दा सुखिनगरवासी र समृद्ध त्रियुगा नगरको एउटा मार्गचित्र तयार भइसकेको छ र त्यसैअनुरुप अगाडी बढेका छौं । आर्थिक मन्दीकाबीच संघिय सरकार तथा प्रदेश सरकारबाट आउने सिमित अनुदान तथा नगरको सिमित श्रोत साधनले सम्पूर्ण लक्ष्य हासिल गर्न कठिन भएपनि अधिकांश लक्ष्य पुरा गर्ने कोशिस गरिरहेकाछौं । जसअनुसार वडा नं ११, १२ र १३ का शहरी क्षेत्र गाईघाट लगायतमा पर्ने सडक पुर्वाधारका लागि कार्यक्रम अगाडी बढेको र यसै वर्षदेखि निर्माणको प्रक्रियामा जाने निश्चित भएकोछ । त्रियुगा रिंग रोडको पूर्वाधारको बजेटसहित कार्यक्रम अगाढी बढेको र त्यो पनि यसै वर्षदेखि निर्माण कार्य शुरु गरिने छ । त्रियुगा नगरपालिकाको सुरक्षित आवास परियोजनाको लागि साझेदारीमा विभिन्न वडाहरुमा ५० वटा सुरक्षित घरहरु निर्माण भईरहेको छ । गाईघाट रौता सडक अन्तर्गत त्रियुगा नगरपालिका वडा नं.ः १५ बरुवा डहरबाट रौतासम्म पक्की सडक निर्माण कार्य बजेटसहित अगाढी बढेको छ र यसैवर्ष निर्माण कार्य शुरु गरिने छ । गाईघाट खानेपानीआयोजना त्रियुगा नगरपालिका वडा नं १० को बाबरी क्षेत्रमा निर्माण प्रक्रिया अगाडी बढेको र यस खानेपानी आयोजनाले वडा नं. १०, ११ र १२ का जनताहरु प्रत्यक्ष लाभावन्दित हुनेछन् । यस बाहेक खानेपानीको समस्या समाधानकालागि नगर क्षेत्रभित्र ठूलासाना गरी विभिन्न २६ वटा खानेपानीका योजना संचालनमा रहेकाछन ।
२.तपाईले चुनावी घोषणापत्रमा उल्लेख गर्नुभएका प्रतिबद्धता कति पुरा भए त ?
— हामीले चुनावीघोषणापत्र ५ वर्षको कार्य योजनालाई सामेटे तयार गरेकाथियौं । अहिले एकवर्षको मात्र कार्यकाल पुरा भइरहदा घोषणा पत्रकै मार्गमा अगाढी बढेका छौं र अहिले हरेक योजनाको जग बसाल्ने काम भएको छ । आगामी चारवर्ष उत्साहजनक ढङ्गले नगर विकासको काम गर्ने योजना रहेको छ ।

३.तपाई नगर प्रमुखमा निर्वाचित भएपछि अहिलेसम्म के के योजनाहरु सम्पन्न गर्नुभयो?
— म लगायत हाम्रो टीम निर्वाचित भएर आएको बेला अघिल्लो वर्षमा विभिन्न बाधा अड्चनकास् साथै संघिय तथा प्रदेशको चुनावलगायत अन्य लामो विदा बाहेक बचेको ससमयलाई सदुपयोग गर्दै हाम्रो नगरपालिकाले यसवर्ष भौतिक प्रगतिमा एकहजार छसय ४७ मिटर सडक कालो पत्रे, २१ किलोमिटर सडकमा नालानिर्माण, ४० हजार मिटर ग्राभेल, १० वटा भन्दा बढी नयाँ सडकमा सातहजार मिटर ट्रयाक खोलिएको छ । ठूला समाना गरी ७७वटा भन्दा बढी सावैजनिक भवन निर्माण भएका छन भने डेड दर्जन बढी दुरगामी महत्व राख्ने बिद्यालय र सामुदायीक भवन निर्माण भएकाछन । २२ वटा कल्भर्ट निर्माण भएका छन भने आधादर्जन कल्भर्ट मर्मत र ससम्भार भएकाछन । खानेपानीलाई व्यवस्थित बनाउन बृहत गाईघाट खानेपानी आयोजना, रातमाटे लिफ्टिङ खानेपानी आयोजना र शाहीखोला खानेपानी जस्ता ठुला आयोजना निर्माणको चरणमा स्संगै २६ वटा खानेपानी आयोजना संचालनमा ल्याएकाछौ । एक हजार बढी युवा युवतीलाई उधमशील ससम्बन्धी तालिम दिएर स्वरोजगार हुन अभिप्रेरीत गरिएको छ ।
४.सुकुम्वासी र अव्यवस्थित वसोवासलाई कसरी र कहिलेसम्ममा व्यवस्थित गरिसक्नु हुन्छ ?
—सुकुम्वासी र अव्यवस्थित वसोवासलाई क्रमिक रुपमा व्यवस्थित गरिदै लागिएको छ । जस अन्तर्गत हाम्रो यस त्रियुगा नगरपालिका भित्र भूमिहीन दलित एकहजार तीनसय ८८, भूमिहीन सुकुम्बासी तीनहजार एकसय४४ र अव्यवस्थित बसोवास १२ हजार ५२ रहेकोछ । जससमध्ये नगरले अहिले ससम्म ऐलानी जग्गा १२ हजार पाँसय ७८ कित्ता नापी गरेको छ र ऐलानी जग्गाको लालपूर्जाको लागि हामी निरन्तर प्रयाससरत रहेका छौं ।
५.नगरपालिकाले कर संकलन र आर्थिक अनुशासनको कामलाई कसरी आगाडी बढाएको छ ?
— हाम्रो त्रियुगा नगरको कर स्संकलन यस आर्थिक वर्षदेखि सबै अनलाईन मार्फत बुझने व्यवस्था गरेका छौं र यसलाई ई–पेमेन्टसंग जोडिएको छ । नगरवासीले आआफ्नो वडामै कर तिर्न सक्ने व्यवस्था मिलाईएकोछ । धेरैजसोस् सेवा वडा कार्यालयबाटै उपलब्ध गराईएकोछ । नगरको आर्थिक अनुशासन चुस्त र दुरुस्त बनाईएको छ । नगरको आम्दानीहुने श्रोतहरुको पहिचान गरि करको दयारा बढाईएको छ ।
६.जिल्लाको ससदरमुकाममा रहेको यो नगरको विकासमा के कस्ता समस्या र चुनौतिहरु छन ?
— उदयपुर जिल्लाको ससदरमुकाममा रहेको यो हाम्रो त्रियुगानगरपालिका, जिल्लावासीसकै ठुलो आशा तथा भरोसाको केन्द्रको रुपमा रहदै आएको छ । यहा अवसर र चुनौतीहरु पनि उतिकै छन । जिल्ला अस्पताल यही अवस्थित भएकोले अस्पतालको स्तोरन्नती देखि अस्पतालको समस्यालगायत आर्थिक तथा भौतिक जम्मेवारी यसनगरले बहनगर्दै आएको छ । सदरमुकाम भएकोले जिल्ला भरिको आम जनताले प्रत्यक्ष सरोकार राख्ने हुदा नगरको ससरसफाई देखि साडक बाटो, हाट बजार व्यवस्थापन, यातायत व्यवस्थापन,सुरक्षालगायत सबै क्षेत्रमा उतिकै चुनौती रहेको छ । र हामीले आफ्नो अधिकतम क्षमतालाई प्रयोग गरि यी सबै समस्याहरुको निराकरण गर्दै आएकाछौं ।
७.तपाइको बिचारमा समृद्ध त्रियुगा नगर निर्माणको लागि गरिनुपर्ने विकासकाअल्पकालीन र दिर्घकालिन मुख्यमुख्य क्षेत्रहरु के के हुन?
— मेरो बिचारमा समृद्ध त्रियुगा नगर निर्माणको लागि गरिनुपर्ने विकासका अल्पकालीन र दिर्घकालिन मुख्यमुख्य क्षेत्रहरुमा खास गरी पूर्वाधार निर्माण, कृषिमा यान्त्रिकिकरण गर्दै आधुनिकिकरण,गुणस्तरीय शिक्षामा जोड, भरपर्दाे स्वास्थ्य र सुरक्षा तथा स्वच्छ खानेपानीको ब्यवस्था एवम् पर्यटन क्षेत्रको विकास नै समृध्द नगर निर्माणको मूल आधारहरु हुन ।
८.नगर विकासका योजनाहरु निर्माण र संचालनमा तपाईले राजनैतिक दल र कर्मचारी बाट कस्तो सहयोग पाउनु भएको छ ?
— हाम्रो यसस त्रियुगा नगरपालिकाको समग्र विकासकालागि हामी जनप्रतिनिधि तथा कर्मचारी लगायत सबै पक्ष तथा सरोकारवालाहरुसंग हातोमालो र सहकार्य गर्दै अगाडी बढेकाछौं । विकाससका योजनाहरु निर्माण र संचालनमा सम्बन्धित सबै पक्ष, सरोकारवाला, राजनीतिक दलहरुको ठुलो सहयोग रहदै आएको छ र म सम्पूर्णलाई यस अवसरमा धन्यवाद दिन्छु । र आउदा दिनमा पनि मैले यस्तै सहयोगको अपेक्षा राखेको छु ।
९. विकास निर्माणमा प्रदेश र संघीय सरकारसंगको सहकार्य कस्तो छ ?
— हाम्रो यस त्रियुगा नगरपालिकाको प्रमुख विकास साझेदारको रुपमा रहेको संघीय र प्रदेश सरकारसगं हाम्रो सहकार्य एकदमै राम्रो रहेको छ । र भविष्यमा यस नगरपालिकाको प्राथमिक्ता प्राप्त योजनाहरूको कार्यन्वयनमा माथिल्लो निकायहरुबाट थप सहयोग प्राप्तहुनेछ भन्ने पूर्ण रुपमा आसावादी भएको छु ।

१०.यहाका ऐतिहासिाक, पुरातात्विक र धार्मिक महत्वका स्थलहरुको संरक्षण र विकाससमा के के कामहरु गर्नु भएको छ ?
— हाम्रो त्रियुगानगरपालिका ऐतिहासिसक, धार्मिक तथा पवित्र ित्रयुगा नदीको किनारमा अवस्थित नेपालको तेश्रो ठूलो नगरपालिकाहो (क्षेत्रफको हिससाबले) । हाम्रो नगरपालिकाको नाम पनि त्यही पवित्र नदी त्रियुगाबाट आएको हो । हिन्दूहरुको पवित्र ग्रन्थ रामायणमा उल्लेख भए अनुसार त्रियुगा नदी त्रेतायुगदेखि निरन्तर बगिरहेको छ । यहा ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका धेरै स्थलहरु रहेकाछन् । हामी यी स्थलहरुको संरक्षण र विकाससमा निरन्तर लागि रहेका छौं । सोहि क्रममा गतवर्ष त्रियुगा जनता बहुमुखी क्याम्पस परिसरमा र वडा नं. ८ खाटमन्दिर क्षेत्रमा ऐतहासिक पुरातात्वीक महत्वको स्थानहरुमा त्रियुगा नगरपालिकाको सहकार्य तथा पुरातत्व विभागका पुरातत्व विज्ञहरुको प्रत्यक्ष निगरानी तथा निर्देशनमा उत्खनन गरियो । उत्खननका क्रममा फेला परेका केही ऐतिहासिक वस्तुहरूको संरक्षण गरिएको छ । हामीले गतवर्ष नगर, संघ तथा प्रदेश समेतको सहयोगमा मठ,मन्दिर, साकेलाथान, चर्च , मदर्शा लगायत करिब ५० वटा ऐतिहासिसक, पुरातात्विक तथा धार्मिक महत्वका स्थलहरुको जिर्णाेद्वार गरी संरक्षण, मर्मत तथा निर्माणसमेत गरेका छौं ।
११.अन्त्यमा नगरवासीहरुलाई केहि भन्न चाहनु हुन्छ ?
— क्षेत्रफलको हिासाबले हाम्रो त्रियुगानगरपलिका देशकै तेश्रो ठुलो नगरपालिका हो र यस नगरको सिमित श्रोत साधन र प्रदेश तथा संघबाट आउने सिमिश्रोतले सबैतिर एकै पटक जन अपेक्षित काम गर्न नसकिएको भएतापनि त्रियुगा रिङङ्ग रोडको लागि बजेटको व्यबस्था गर्न मन्त्रालयमा सबै डकुमेन्ट पुर्याएका छौ । संघिय र पदेश सरकारसंग समन्वय गर्दै बजार क्षेत्रका मुख्य सडक कालोपत्रे हुने चरणमा छन । विश्व बैकको लगानीमा निर्माण हुनलागेका बजार क्षेत्र टाउन प्लानिङ्गका सडकहरु र वडा नं १०,११, १२ र १३ का मुख्य सडकहरु निर्माण हुने भएकाछन । सगरमाथा र मदनभण्डारी राजमार्ग बजार क्षेत्रको बीचभागबाट गएका कारण ट्राफिक जामलाई मध्ये नजर गर्दै बरुवा त्रियुगा करिडोर मार्फत बाइपास बनाई ठुला ससवारी साधनलाई बाइपाससको बाटो हुदै काट्ने व्यबस्था मिलाउन बिस्तृत अनुसन्धान भएको र सम्बन्धित मन्त्रालयमा आवश्यक प्रक्रियाका लागि पुर्याएको अवगत गराउन चाहान्छु । वडा नं. ४ को बगाहामा मेडिकल कलेज स्थापनाको लागि हरेक निकायमा समन्वय गरिएको छ र छिटै यसकको काम शुरु हुने छ । वडाबाट संचालित बजेटको सहज कार्यान्वयन र अनुगमनकालागि हरेक वडामा प्राविधिकहरु खटाइएको छ । हरेक वडामा सडकबत्ति लगायत विद्युतको समस्या समाधानकालागि बिद्युत प्राविधिक पठाएका छौ । यस आर्थिक वर्षदेखि वडामै कर संकलनको व्यवस्था मिलाइएको छ । अन्तमा सम्पूर्ण नगरवास्सी आमा, बुवा, दिदी बहिनि, दाजु भाईहरुसंग सहयोग तथा सहकार्यको अपेक्षा राख्दै अहिले नगरको जग बसाल्ने काम भएको छ र आगामी वर्षहरुमा विकास् ानिर्माण देखि हरेक कामले गति लिने छ भन्ने पूर्ण विश्वास दिलाउन चाहन्छु

No data was found

सम्बन्धित खवर

हायसको ठक्करबाट पैदल यात्रीको मृत्यु

उदयपुरको बेलका ९ मा माओवादीका भरत घिमिरे विजयी

त्रिनपा १२ मा नेकपा माओवादीका उम्मेदवार नविनकुमार राई विजयी

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

उदयपुरमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

सिमेन्ट उद्योगका कर्मचारी तलव विहिन

कारको ठक्करबाट एकको मृत्यु तीन घाईते

विपन्न बालबालिकालाई पोसाक वितरण त्रियुगा न्युज

मोटरसाईकल दुर्घटनामा बाबुकोे मृत्यु दुई छोरा घाईते

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित