अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

त्रियुगा न्यूज भदौ १५ ।
नेपाल रेडक्रस सोसाइटी उदयपुर शाखामा मदनराज कटुवालको नेतृत्वले शुक्रवार पद बहाली गरेको छ । उच्च अदालत विराटनगरले भदौ १२ गते गरेको फैसलाअनुसार कटुवाल सभापति रहेको तर्दत समितिले बैधानिकता पाएपछि आजबाट उक्त समितिले आप्mनो पद वहाली गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रिय समितिको २०७८ कात्तिक २३ गतेको ३०८ औँ बैठकले तत्कालिन बिनोदकुमार बस्नेत नेतृत्वको उदयपुर शाखालाई विघठन गरी कटुवालको नेतृत्वमा १५ सदस्य तदर्थ समिति गठन गरेको थियो ।
केन्द्रिय समितिको निर्णय चित्तबुझ्दो नभएको भन्दै बर्खास्तमा परेका सभापति बस्नेतले उच्च अदालतमा अन्तरिम आदेशसहितको माग गर्दै रिट दायर गर्नुभएक बमोजिम अदालतको प्ररम्भिक सुनवाईमा मुद्दा अन्तिम किनारा नभएसम्मका लागि पुरानै कार्यसमितिबाट कामकार्वाही अघि बढाउन अन्तरिम आदेशसमेत जारी गरेकोथियो ।
त्यस बखत अदालतको आदेशको पूर्ण पालना गर्दै आफुहरु पदवहाल रहेसम्मका व्यवहार वरबुझारथ गरी जिम्मेवारीबाट वाहिरिएको सभापति कटुवालले बताउनुभयो । रिट उपर भदौ १२ गतेको सुनवाईमा बस्नेत नेतृत्वको विघठित कार्यसमितिबाट भएको रिट निवेदन खारेज गर्ने अदालतको फैसला आएपछि शुक्रबार कटुवालले पत्रकार सम्मेलनको आयोजना गरी आप्mनो समितिले पदभार ग्रहण गरेको बताउनुभयो ।
विद्यानमा भएका व्यवस्था वमोजिमका शाखाले पुरा गर्नु पर्ने वैद्यानिक दायित्व पुरा नगरेको, निर्वाचित कार्यसमितिको म्याद समाप्त भई आवधिक निर्वाचन नगराएको, गैरकानुनी तवरबाट संस्था संचालन गरेको, अनियमितता र अपारदर्शीतालाई वढावा दिएको र व्यक्ति स्वार्थका लागि श्रोत र साधन दुरुपयोग गरेको केन्द्रिय समितिको निष्र्कषपछि समिति विघठन गरेको उहाँको भनाई छ ।
पत्रकार सम्मेलनमा बोल्दै कटुवालले भने, ‘२०७८ मा पदभार ग्रहण गरेसँगै संस्थाको वृहत विकासको लागि स्वेत पत्र जारी गरी संस्थागत कार्यहरु सुरुवात गर्नसाथ अदालतको आदेश आयो, हामी आदेशको सम्मान गर्दै वाहिरियौ । देशभरका ७७ जिल्ला शाखामध्ये सबैभन्दा धेरै र राम्रा परियोजनाहरु उदयपुरमा सञ्चालन भएपनि त्यसको सहि सदुपयोग हुन नसकेको, कार्यालय परिसरमा रहेका सटरका भाडा सिमित व्यक्तिले सिधै गोजीमा लगाउने परम्पराको अन्त्य गरी खातामा जम्मा गर्न सुरुवात गर्नसाथ आफुहरु वाहिरिनु परेको समितिका सदस्य राजकुमार राई बताउनुहुन्छ ।
‘रेडक्रस भित्रका फोहोरमैला फाल्ने, त्यहाँ भित्रका स्रोतसाधानको दुरुपयोग रोक्ने, आर्थिक अपचलन रोक्ने लगायतका निर्णय गरी स्वेत पत्र जारी हुनसाथ विघठित समिति भित्र ठुलो विचलन आएको थियो । अपारदर्शि, जवाफदेहि विहिन र संस्थागत सिण्डिकेटको अन्त्य गर्दै आम समुदायको रेडक्रस बनाउने अभियानमा अव आपूmहरु लाग्ने सभापति कटुवालले प्रतिवद्धता व्यक्त गर्नुभएकोछ ।
विपद्को मलम लगाउने, अवैधानिक बाटोबाट गरिने गतिविधिलाई निरुत्साहि गर्दै रेडक्रसलाई रुपान्तरण, सुशासन र पारदर्शिताको निमित्त लागि पर्ने भन्दै उहाँले केन्द्रिय कार्यसमितिको मार्गनिर्देशन र संस्थाको विधिविधान भित्र रही केहि दिन भित्रै एक बर्षे कार्ययोजना ल्याई जिल्लाबासीको मानविय सेवा र सरोकारको संस्था बनाउने बताउनुभयो ।
यसअघिको सिण्डिकेट प्रथाको अन्त्य गर्दै मानिविय हिसावले स्वयंमसेवकको रुपमा काम गर्ने सबै व्यक्तिलाई एप्समार्फत सदस्यता खुल्ला गरी वितरण गरिने भन्दै संस्थाका मन्त्री महेश्वरी राईले वडा तहसम्म अभियान सञ्चालन गरी सबै पालिकामा रेडक्रस समिति बनाउने र अहिले १८ देखि ४० बर्ष उमेर समुहका सदस्य नै शााखामा छैन त्यसैले युवालाई लक्षित गरी अभियान चलाउँछौ भन्नुभयो ।
कटुवाल नेतृत्वको समितिको उपसभापतिमा राजकुमार ओझा, मणिकादेवी दुलाल, मन्त्री महेश्वरी राई, कोषाध्यक्ष महेन्द्र राई, उपमन्त्री सहदेव खड्का, उपकोषाध्यक्ष सुमनकुमार चौधरी तथा सदस्यहरुमा बिष्णुबहादुर मगर, सम्झना राई, मिथिला खतिवडा, गिता खड्का, राजकुमार राई, अशोक श्रेष्ठ, चन्द्रमणि गुरागाई र सुरेन्द्र बस्नेत रहनुभएको छ ।

No data was found

सम्बन्धित खवर

हायसको ठक्करबाट पैदल यात्रीको मृत्यु

उदयपुरको बेलका ९ मा माओवादीका भरत घिमिरे विजयी

त्रिनपा १२ मा नेकपा माओवादीका उम्मेदवार नविनकुमार राई विजयी

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

उदयपुरमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

सिमेन्ट उद्योगका कर्मचारी तलव विहिन

कारको ठक्करबाट एकको मृत्यु तीन घाईते

विपन्न बालबालिकालाई पोसाक वितरण त्रियुगा न्युज

मोटरसाईकल दुर्घटनामा बाबुकोे मृत्यु दुई छोरा घाईते

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित