भक्तिविलास पोखरेल
गाईघाट,२१ माघ । आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन नजिकियसँगै उदयपुरको निर्वाचन क्षेत्र नं २ मा पनि चुनावि माहौल बढेको छ । ९६ हजार १२२ मतदाताहरु रहेको यो निर्वाचन क्षेत्रमा एक स्वतन्त्रसहित १३ जना उम्मेदवारहरु यतिवेला घरदैलो अभियानमा ब्यस्त हुनुहुन्छ ।
सवै उम्मेदवारहरुले आआप्mनो चुनाव चिन्हसहित आम मतदाताको घरघरमा पुगेर भोट माग्दै र वडा वडामा पार्टीका चुनावि सम्पर्क कार्यालयहरु स्थापनागर्दै मतदातालाई विस्वास दिलाउने कार्यममा आआप्mना पार्टीका नेता कार्यकर्ताको लर्काे सहित भोट माग्न गाउँ गाउँमा पुगिसक्नु भएको छ ।
निर्वाचन क्षेत्रको केन्द्र रहेको कटारी बजारमा सवै राजनैतिक दलहरुले क्षेत्रीय स्तरको निर्वाचन सम्पर्क कार्यालय खोलेर त्यहिबाट चुनावि गतिविधि अगाडि बढाइरहेकाछन । यस अघि नेकपा एमालेले जितेको यस क्षेत्रमा यस पटकको चुनावको नतिजा कस्को पक्षमा जाने हो अहिले नै एकिन गर्न कठिन भएको छ ।
अघिल्लो पटक नेकपा एमालेबाट चुनाव जितेका निर्वतमान साँसद अमरवहादुर रायमाझी पुन एमालेबाटै यो पटक पनि यस क्षेत्रमा उम्मेदवार बन्नुभएको छ । यस क्षेत्रमा विभिन्न उम्मेदवारहरु भएपनि रायमाझीसँग नेपाली काँग्रेसका रामकुमार राई,नेपाली कम्यूनिष्ट पार्टीका शुरेसकुमार राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सूर्य लामाकाबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।
नेपाली काँग्रेसका रामकुमार राई अघिल्लो निर्वाचनमा काँग्रेस र बाम गठवन्धनका साझा उम्मेदवार जगन्नाथ खतिवडाका विरुध्द स्वतन्त्र उम्मेदवार हुदा १० हजार ३७९ मत ल्याउन सफल हुनुभएको थियो भने शुरेस राई २०७४ को निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकोथियो ।
यता आपूmहरु नयाँ शक्ति भएको भन्दै रास्वपाले पनि चुनावि अभियान तिब्र पारेको छ । रास्वपाका अध्यक्ष चित्रकुमार कार्कीले पुराना दलहरुबाट परिवर्तन असम्भव भएर नै जेन्जी आन्दोलन पश्चात नयाँ शक्तिको जन्म भएको र त्यसको नेतृत्व रास्वपाले गरेकोले आपूmहरुको पार्टी अवको निर्वाचन पछि मुलुकको सवैभन्दा ठूलो प्रजातान्त्रीक शक्तिका रुपमा देशमा स्थापित हुने निश्चित भएको बताउनुभयो ।