भक्तिविलास पोखरेल
गाईघाट, २२ चैत । एक युबतिसँगै अटो चडेर उदयपुरको कटारी बजार गएका एक युवकको स्थानीय हिमगङ्गा होटलमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजन चापागाईका अनुसार सिन्धुली जिल्लाको दुधौली नगरपालिका ११ का २८ वर्षिय सिपिन कुमरको होटलकै एक कोठामा सङ्कास्पद मृत्यु भएको हो ।
सिपिनसँगै गएकि २८वर्षिया सविना मगरले होटलको कोठा बुक गरेको र त्यहि रुममा उनिहरुकाबीच विवाद भएपछि सविनाकै सलले बिजुलीको पङ्खामा कुमर पासो लागेपछि सविनाले पासो पूmकाउदा पूmकाउदै कुमरको मृत्यु भएपछि त्यहि सलले उनिपनि पासोलागेर मर्नलाग्दा होटल धनीले बचाएकाछन ।
कोठामा हसोधाविक आवाजहरु आएपछि होटलधनी गएर हेर्दा सविना पासो लागेर वेहोस अवस्थामा फेला पारेपछि प्रहरीलाई तत्काल खवर गरेकाथिए । मध्यन्नको करिव २ बजे सँगै होटल प्रवेश गरेका सिपिन र सविनामध्य सिपिनको शव पोष्टमार्टमको लागि कटारी अस्पतालमा लगिएको र सविनाको सोहि अस्पतालमा उपचार भईरहेको प्रहरी उपरिक्षक चापागाईले बताउनुभयो ।
सिपिन कुमरका दुईजना श्रीमतिहरु भएको बुझिएको र सविनाको वारे अरु जानकारी खोजी भइरहेको र यस घटनामा थप अनुसन्धान अगाडि बढाइएको पनि प्रहरी उपरिक्षक चापागाईले बताउनुभयो ।