
भक्तिविलास पोखरेल ।
गाईघाट,फागुन २४ गते । उदयपुरका दुईवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार क्षेत्र नं १ मा पारसमणी गेलालले ३० हजार ५९० मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा विजयीm हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्दी श्रमसंस्कृति पार्टीका राजेशकुमार राईले एघारहजार ६०६ मत प्राप्त गर्नुभएको छ । उदयपुर क्षेत्र नं १ मा जम्मा एकलाख ४२ हजार ९१६ मतदाता रहेकोमा ७९ हजार ४६३ मत मात्र खसेकोमा पाँचहजार पाँचसय मत बदर भएको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताउनुभयो । यो क्षेत्र भनेको यस अघि लगातार रुपमा चारपटक नेपाली काँग्रेसले जित्तै आएको क्षेत्र हो ।
यसैगरी निर्वाचन क्षेत्र नं २ मा सूर्यबहादुर तामाङले १४ हजार ८०२ मत प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अम्बर बहादुर रायामाझीले सातहजार ६४८ मत प्राप्त गर्नुभएको छ । रायमाझी यस अघि सोहि क्षेत्रबाट प्रतिनिधिसभा सदस्य हुनुहन्थ्यो ।
यसैबीच उदयपुरका दुवै निर्वाचन क्षेत्रका गरी दुई स्वतन्त्रसहित २१ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । खसेको सदर मतको कम्तिमा १० प्रतिशत मत नपाउने उम्मेदवारहरुको जमानत जफत हुने निर्वाचन आयोगको कानुमा उल्लेख रहेको जिल्ला निर्वाचन अधिकारी दिपक दाहालले बताउनुभयो ।
जस अनुसार जसमा नेपाल मजदुर किसान पार्टीका खड्गबहादुर खत्री,स्वतन्त्रबाट डा देवराज रोका, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवासचन्द्र खड्का, नेपाल जनमुक्ति पार्टीका गोर्कण राई, आम जनता पार्टीका मनोजकुमार पौडेल, र नागरिक सर्वोच्च पार्टीका प्रशान्तकुमार राईको जमानत जफत भएको हो ।
यसैगरी नेपाली जनता दलका कुशेश्वर चौधरी, जनता समाजवादीका गणेशकुमार राई, मङ्गोल अर्गनाइजेशन पार्टीका बद्रिविक्रम राई,नेकपा माओवादीका अमृतबहादुर खत्री, संयुक्त नागरिक पार्टीका सुरेश राई, राष्ट्रिय जनमोर्चाका लिलकुमार राई र उज्योलो नेपाल पार्टीका अर्जुन घिसिङको जमानत जफत भएको हो ।
यसैगरी निर्वाचन क्षेत्र नं २ मा नेपाल मजदुर किसान पर्टीका पुर्णबहादुर बुढाथोकी, मंगोल नेशनल अर्गनाइजेसनका भाष्कर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुबहादुर खड्का, राष्ट्रिय परिवर्तन पार्टीका अरूण राई, आम जनता पार्टीका बमबहादुर मगर,नेपाल कम्युनिष्ट पार्टी माओवादीका दुर्गाबहादुर तामाङ्ग, जनता समाजवादी पार्टीका केशवबहादुर मगर र स्वतन्त्र उम्मेदवार मेजरकुमार राइको जमानत जफत भएको हो ।