त्रियुगा न्यूज भदौ १७ ।
पछिल्लो चारदिन यता उदयपुर अस्पतालमा विरामिहरुको चाप अत्यधिक बढेको छ । विहानैदेखि ओपिडि सेवामा स्वास्थ्य जाँच गराउन आउने बिरामिहरुको थामिनसक्नुको भीड लाग्न थालेपछि उनिहरुलाई सहजरुपमा उपचारको ब्यवस्थापन गर्न अस्पताल प्रशासनलाई हम्मे हम्मे हुने गरेको चिकित्सकहरु बताउछन ।
खासगरी टाईफाइड,भाइरल जरो,स्ट्रफट्राइफस र डेङ्गिका विरामिहरुले अस्पताल भरिभराउ भएको उदयपुर अस्तालका मेडिकपल सुपरिटेण्डेन्ट डा.ज्ञानेन्द्र झाले बताउनुभयो । उदयपुर अस्पतालमा हाल ११ जना मेडिकल अधिकृत र १६ जना विशेषज्ञसहित २७ जना चिकित्सकहरुको टोलीले उपचार सेवा प्रवाह गरिरहेको छ । तर विरामिहरुको अत्यधिक चाप भएका कारण सेवा प्रवाहमा निकै कठिनहुन थालेको उहाँ बताउनुहुन्छ ।
अस्पतालमा पर्याप्त मात्रामा पानी नहुदा शौचालयहरु दुगन्र्धित हुदै गएको, बिजुली बत्ति भ्mयाप्प भ्mयाप्प जाने गरेको तर त्यसको बैकल्पिक प्रवन्धका लागि जेनेरेटरको ब्यवस्था नभएको,,स्ट्रफट्राइफस परिक्षणको लागि किट सकिएकोले परिक्षण गर्न नसकिएको, ५० शैयाको अस्पतालमा दैनिक चारसय ५० जना विरामि आउन थालेपछि भुइमै राखेर भएपनि उपचार गराउनु पर्ने बाध्यता रहेको मेशु झा बताउनुहुन्छ ।
विरामिहरुको चापाचापको यस्तो अवस्था भएपनि नेपाल सरकारले निशुल्क वितरण गर्ने गरेको औषधिहरुको कुनै कमि नभएको र अस्पतालमा सशुल्क औषधिको पनि ब्यवस्था भएकोले विरामिहरुलाई दवाइ लिन कुनै असहज नभएको तर वेडहरु भने कुनै खाली नभएकोले थप गर्न अति आवश्यक रहेको छ ।
त्यसैगरी अस्पताल अगाडिको पार्किङ्ग पनि अस्तब्यस्त रहेको ,विरामिहरुले पालो कुर्ने ठाउको पनि अभाव हुन थालेको र सातवटा ओपिडि सेवा सञ्चालनमा ल्याइएको भएपनि विरामिका चापका कारण अपुग हुने गरेको उहाँ बताउनुहुन्छ । महिला बालबालिका र बृध्दबृधा मात्र नभएर यतिवेला १५ देखि ४० वर्ष उमेर समुहका विरामिहरुको चाप धेरै बढेको छ ।
विगतमा कुनैवेला रेफर सेन्टरको रुपमा मात्र सिमित भई जन विस्वास गुमाइसकेको उदयपुर अस्पतालमा पछिल्लो समय योग्यता अनुसारका विशेषग्य सहितका चिकित्सकहरु भरिभराउ भएपछि उपचार सेवामा उल्यख्य रुपमा गुणत्मक फड्को मारेको र अस्पतालले दिने सर्वसुलभ तथा गुणस्तरीय सेवा प्रवाहकै कारण उदयपुर अस्पतालको शाख अव उचो भएको विरामिहरुको भनाइ छ ।