विद्यार्थी भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक वितरण गरिने

भक्तिविलास पोखरेल
गाईघाट,१९ वैशाख । नयाँ शैक्षिक शत्र २०८३ शुरु भएसँगै उदयपुरका कतिपय विद्यालयहरुले भर्ना अभियान सञ्चालन गरेकाछन । शिक्षा मन्त्रालयले अघिल्लो वर्ष “सवै बालबालिकाको विद्यालयमा सहभागिता,गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने आदर्श वाक्यको नारासहित विद्यालयमा भर्ना अभियान सञ्चालन गरेपनि यो वर्ष भने त्यस्तो कुनै नारा तय गरेको छैन ।
शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमि भक्तपुरका उपमहानिर्देशक महेन्द्र पराजुलीका अनुसार यो वर्ष सरकारले सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सरकारी निर्णयहरु कार्यान्वयनमा कडाई गर्ने नीति लिएको छ ।
जस अन्तर्गत सामुदायिक विद्यालयहरुमा अनिवार्य तथा निशुल्क शिक्षा,सवै बालबालिकाहरुलाई विद्यालय खुलेकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने,शैक्षिक सत्र सुरु हुनु अगावै सवै शिक्षकहरुले शैक्षिक सामग्रीहरु निर्माण गरीसक्ने तथा संस्थागत विद्यालयहरुले तोकिए बमोजिमको छात्रबृत्ति उपलब्ध गराउनै पर्ने भनि चारवटा महत्वपूर्ण कार्यहरु सञ्चालन गरेको उहाँले बताउनुभयो ।
यता विद्यालयहरुले बालबालिकालाई कक्षा अनुसारको नयाँ पाठ्पुस्तक पनि कक्षा शुरु भएकै दिन वितरण गर्नेगरी आवश्य तयारी गरिसकेकाछन । शिक्षक महासंघ उदयपुरका अध्यक्ष एवम गाईघाटस्थित त्रियुगा नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सुवास विष्टका अनुसार जिल्लाका कुनैपनि विद्यालयमा यो वर्ष नयाँ पाठ्यपुस्तक नपुगेको भन्ने गुनासो आएकोछैन ।

 

बिज्ञापन

विद्यार्थी भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक वितरण गरिने

कम्यूटर शिक्षाको निःशुल्क तालिम

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सम्बन्धित खवर

विद्यार्थी भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक वितरण गरिने

कम्यूटर शिक्षाको निःशुल्क तालिम

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

उदयपुरका दुवै क्षेत्रमा रास्वपा विजयी दुई स्वतन्त्रसहित २१ को जमानत जफत