कम्यूटर शिक्षाको निःशुल्क तालिम


भक्तिविलास पोखरेल
गाईघाट, १९ वैशाख । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूको समयलाई उपयोगी र उत्पादनमूलक बनाउने उद्देश्यले उदयपुरको चौदण्डीगढी नगरपालिकाको ४ नम्बर वडा कार्यालयले सूचना प्रविधिसम्बन्धि निःशुल्क कम्प्युटर तालिमको कक्षा सञ्चालन गरेको छ ।
वडा अध्यक्ष लुङ्गाराज राईका अनुसार अहिले सूचना प्रविधिको युग भएकाले विद्यार्थीहरूलाई प्रारम्भिक चरणमै कम्प्युटर शिक्षासँग जोड्न अति आवश्यक भएको विद्यार्थीहरूलाई भविष्यमा रोजगारीका अवसरसँग जोड्ने र उनीहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्यले तालिम सञ्चालन गरिएको हो ।
यस तालिमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउन र आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । मुख्यतः वडा नम्बर ४ भित्रका एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर सुरु गरिएको यो तालिममा अहिले अन्य वडाहरुका विद्यार्थीहरूको समेत सहभागिता रहेको छ ।
चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले आगामी दिनमा नगरभित्रका सम्पूर्ण विद्यार्थीका लागि डिप्लोमा तहसम्मकै कम्प्युटर शिक्षा निःशुल्क उपलब्ध गराउने योजना नगरले लिएको जानकारी दिनुभएको छ । अहिले प्रशिक्षण दिँदै आउनुएका प्रशिक्षकलाई नै करार सम्झौता गरी दीर्घकालीन रूपमा डिप्लोमा तह सम्मको कक्षा सञ्चालन गर्ने तयारी भइरहेको नगरप्रमुख लामाले बताउनुभयो ।

विद्यार्थी भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक वितरण गरिने

कम्यूटर शिक्षाको निःशुल्क तालिम

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सम्बन्धित खवर

विद्यार्थी भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक वितरण गरिने

कम्यूटर शिक्षाको निःशुल्क तालिम

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

उदयपुरका दुवै क्षेत्रमा रास्वपा विजयी दुई स्वतन्त्रसहित २१ को जमानत जफत