भक्तिविलास पोखरेल
गाईघाट,१४ मङ्सिर । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राईले आम नागरिकहरुमा शिक्षा र स्वास्थमा सहज रुपले पहुच पुर्यान सक्ने गरी वर्तमान प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । सो कुरा मन्त्री राईले जिल्ला अस्तालको हाताभित्र नव निर्मित सुविधासम्पन्न प्रसूति भवनको सदरमुकाम गाईघाटमा शनिवार उद्घाटन गर्दै बताउनुभएको हो ।
मन्त्री राईले चालु आर्थिक वर्षको बजेट तयार पार्ने क्रममा अस्पतालहरुमा औषधी,उपकरण र चिकित्सकहरुको अभावहुन नदिन मन्त्रालयले मिहिन ढङ्गबाट अध्ययन गरेर आवश्यक्ताको आधारमा मात्र बजेट विनियोजन गरी कार्यान्वयनमा ल्याएको छ भन्नुभयो ।
सरोकारवाला हरुले पचास शैयाको जिल्ला अस्पताल उदयपुरलाई एकसय शैयाको बनाउने गरी आवश्यक प्रक्रिया अगाडि बढाउन प्रत्यक्ष रुपमा कुरा अगाडि राखेपछि मन्त्री राईले भन्नुभयो “तपाईहरु अस्पताल ब्यावस्थापन समितिबाट निर्णय गरेर फायल अगाडि बढाउनुहोस म क्याविनेटबाट निर्णय गराउछु ” भनि प्रतिबध्दता जनाउनुभएको छ ।
यसैगरी विनियोजित रकमबाट तत्काल औषधिहरु खरिद गर्न,अस्पतालको हातभित्र रहेको अक्सिजन प्लान्ट एथासिघ्र सञ्चालनमा ल्याउन र अस्पतालमा आउने बिरामिहरुलाई सर्वसुलभ ढङ्गबाट उपचार सेवा प्रवाह गर्ने क्रममा कुनै कमि नआवस भनेर आपूmपनि प्रयतशील रहेको र तपाई कर्मचारीहरु पनि एकचित्त भएर काममा लागनुपर्छ भन्नुभयो ।
जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरवहादुर विश्वकर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा उदयपुर अस्पतालका मेडिकल सुरिटेन्डेन्ट विरेन्द्रकुमार मण्डलले अव यो नयाँ भवन उद्घाटन भएसँगै सुरक्षित मातृत्व,गुणस्तरीय सेवा,सहज पहुच र सम्मानजनक प्रसूति सेवा प्रवाहमा थप सहज भएको बताउनुभयो ।
कार्यक्रमा कोशी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवा,प्रदेश साँसदहरु क्रमश रामकुमार खत्रीmलिला राई र सम्झना दनुवार,त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्तकुमार वस्नेत,बेलका नगर प्रमुख अशोक कार्की,प्रमुख जिल्ला अधिारी धर्मराज जोशी,असपताल सञ्चालक सदस्य नरेन्द्र थापा लगायतले बोलनुहुदै अस्पताको भौति र चिकित्सकीय पक्षको सेवा विस्तारमा जोड दिनुभएको छ ।