सवारी दुर्घटना न्यूनीकरण गर्न थर्मप्लास्टर

भक्तिविलास पोखरेल
गाईघाट, २३ जेठ । मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नं ७ अँधेरी खण्डको विभिन्न स्थानमा दुर्घटना न्युनिकरण गर्न थर्मप्लास्टर गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले सडक सुरक्षामा के गर्न सकिन्छ भनि सरोकारवालाहरु सँग छलफल गरी अत्यधिक दुर्घटना हुने सो क्षेत्रको कालोपत्रे सडकमा थर्मप्लास्टर गर्न निर्देश गरेअनुसार नेपाल्टार मुर्कुचि खण्डको सडकको विभिन्न स्थानमा थर्मप्लास्टर गरिएको हो ।
दैनिक जसो हुनेगरेको सवारी दुर्घटना न्यूनीकरणको लागि मदन भण्डारी लोकमार्ग अन्र्तगत उदयपुरगढी गाउँपालिका वडा नं ७ अधेरीमा जिल्ला विपद ब्यवस्थापन प्रतिकार्य समिति उदयपुरको बैठकले निर्णय गरे अनुसार गाईघाट दिक्तेल सडक योजना कार्यालय गाईघाट र उदयपुरगढी गाउँपालिका वडा नं ७ को संयुक्त लगानीमा सो क्षेत्रमा थर्मप्लास्टर निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले बताउनुभयो ।
यो मदनभण्डारी लोकमार्ग सञ्चालनमा आए यता सबै भन्दा बढी सवारी दुर्घटना हुने सो सडक खण्डको अधेरीमा गाईघाट – दिक्तेल सडक योजना कार्यालय गाईघाटले थर्मप्लास्टर निर्माण गरेपछि केहिदिन यता त्यहाँ दुर्घटनाका घटनामा कमि आएको छ ।
खास गरी पश्चिम दिशाबाट पूर्व तर्फ आउदा सडक ओरालो हुने र त्यसमाथि घुम्ती मोड आउने सो क्षेत्रमा चालक झुक्किएर सवारी दुर्घटना बढी हुने गरेकोले यसलाई न्यूनीकरण गर्नको लागि परैबाट थर्मप्लास्टर निर्माण गरिएको हो । थर्मप्लास्टिक रेखाले सवारी गति कम गर्न सहयोग गर्ने र रातको समयमा सो रेखा टाढैबाट बढी टल्कने हुदा चालकहरुलाई परैबाट सवारी गति नियन्त्रणमा मद्दत पुग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
अँधेरी झर्ना देखि जोगिटोल सम्म करिब एक किलोमिटरको दुरीमा एक दर्जन बढी स्थानमा थर्मप्लाष्टर निर्माण गरिएको गाईघाट – दिक्तेल सडक योजना कार्यालय गाईघाटले जनाएको छ । सो लोकमार्ग निर्माण कै क्रममा सडक सिधा नभएर धेरै ठाउँमा नागबेलि पाराको घुमाउरो बाटो बनाइएको कारण लोकमार्गमा अहिले दिनहुजसो सवारी दुर्घटना हुने गरेको हो ।
पछिल्लो १० महिनाको अबधिमा सो लोकमार्गमा २५० वटा सवारी दुर्घटना हुदा ४३४ जना यात्रुहरु घाइते भएकाछन । २०८१ साउन देखि अहिलेसम्म उक्त स्थानमा भएको सवारी दुर्घटनामा ५७ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

सम्बन्धित खवर

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

उदयपुरका दुवै क्षेत्रमा रास्वपा विजयी दुई स्वतन्त्रसहित २१ को जमानत जफत

उदयपुर २ मा चारपक्षीय भिडण्त

उदयपुरमा ट्रक दुर्घटना चालक र सहचालकको मृत्यु