जेष्ठ नागरिकका लागि वडा वडामा स्वास्थ सिविर सञ्चालन

भक्तिविलास पोखरेल । गाईघाट
गाईघाट, १ चैत । उदयपुरको त्रियुगा नगरपालिकाले “मेयरसंग जेष्ठ नागरिक स्वास्थ प्रबद्र्धन” कार्यक्रम सञ्चालनमा ल्याएको छ । नगरप्रमुख बसन्तकुमार बस्नेतले वडा नं १ जोगीदहबाट शुभारम्भ गर्नुभएको उक्त कार्यक्रम नगरपालिकाका १६ वटै वडामा सञ्चालन गरिने भएको छ ।
यसैक्रममा वडा नं ३ मोतिगडाको स्वस्थ्य चौकिमा बुधवार आयोजित जेष्ठ नागरिकहरुको स्वास्थ्य सेवा सिवरिको उद्घाटन गर्नुहुदै नगर प्रमुख बस्नेतले राष्ट्रको सम्पत्ती र अनुभवका खानीका रुपमा रहनुभएका ज्येष्ठ नागरिकहरु सामान्य स्वास्थ्योपचार बाट वञ्चित हुनु नपरोस् भन्ने उदेश्यले जेष्ठनागरिक लक्षित स्वास्थ्य कार्यक्रम सञ्चालनमा लइएको बताउनुभयो ।
नगरपालिकाका ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सम्बन्धि के कस्तो समस्या छ र नगरपालिकाले उहाँहरुको स्वास्थ्य उपचारमा सहजिकरण गर्न के कस्तो योजना ल्याउन पर्छ भन्ने जानकारी लिन पनि यो कार्यक्रम प्रभावकारी हुने देखिएकाले मेयरसंग जेष्ठ नागरिक स्वास्थ कार्यक्रम राखिएको नगरप्रमुख बस्नेतले बताउनुभयो ।
कार्यक्रम अन्तर्गत नगरपालिकाका ज्येष्ठ नागरिक, अशक्त, अपांगता भएकाको घरघरमा पुगेर स्वास्थ्य परीक्षण गरिने छ । नगरभित्रका सामाजिक सुरक्षा लिने नौहजार बढी नागरिकलाई घरदैलोमा पुगेर मधुमेह, उच्च रक्तचाप, क्षय रोग, सुगर, अक्सिजन लेभल, मुटु सम्बन्धि चेक जाँच, मृगौला सम्बन्धि चेकजाँच लगायतका सेवाहरु निशुल्क प्रदान गरिने शाखाका स्वास्थ्य अधिकृत उपेन्द्र कार्कीले बताउनुभयो ।
स्वास्थ्य शिविर कार्यक्रममा समस्या देखिएका बिरामीको थप उपचार नगर अस्पताल देउरी र जोगीदहको प्राथमिक स्वास्थ्य चौकीमा गरि जिल्ला अस्पताल पठाइने योजना बनाइएको छ । स्वास्थ्य चेकजाँच गर्दा देखिएका आवश्यक औषधी नगरपालिकाले निशुल्क दिनेछ ।
यस अघि त्रियुगा नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी संगको सहकार्यमा नगरवासीलाई निशुल्क रगत उपलब्ध गराउने र सगरमाथा आँखा अस्पताल लाहान संगको सहकार्यमा नगर क्षेत्रका सम्पूर्ण मोतियाबिन्दु लागेकाको निशुल्क आँखाको अप्रेसन गरिदिने निर्णय गरेर कार्यन्वयनमा ल्याएको वडा नं ३ का वडा वडा अध्यक्ष तिलकवहादुर कटुवालले बताउनुभयो ।

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

सम्बन्धित खवर

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

उदयपुरका दुवै क्षेत्रमा रास्वपा विजयी दुई स्वतन्त्रसहित २१ को जमानत जफत

उदयपुर २ मा चारपक्षीय भिडण्त

उदयपुरमा ट्रक दुर्घटना चालक र सहचालकको मृत्यु