भक्तिविलास पोखरेल
गाईघाट, १७ माघ । उदयपुर जिल्ला साइक्लिङ संघ र नेपाली सेनाको संयुक्त आयोजनामा आउदो फागुन १६ र १७ गते ’राइड टु कोशी–२०८१’ कार्यक्रम आयोजना गरिने भएको छ ।
त्रियुगा नगरपालिकाको गाईघाटबाट शुरु गरेर बेलटार, रामपुर हुँदै चतरा, उदयपुर तर्फको कोशीटप्पु सम्मको यात्रा पूरा गरेर पुनः अर्को दिन गाईघाट मै फर्किएर कार्यक्रम समापन गरिने आयोजकले जनाएको छ ।
गाईघाटस्थित होटल वल्ड दरवारमा विहिवार विहान आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार उदयपुर जिल्लाका विभिन्न स्थानमा रहेका साइकल प्रेमीहरूको जनचेतना जगाउने र स्वास्थ्य, फिटनेस, एकता तथा वातावरणीय सचेतनालाई प्रवद्र्धन गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको हो ।
विशेषगरी ग्लोबल वार्मिङको कारण बढ्दो शहरीकरणले वातावरणमा पारेको नकारात्मक प्रभावबारे जनचेतना जगाउन यो कार्यक्रम महत्वपूर्ण रहने आयोजकहरूले बताएकाछन । यसअघि २०७५ सालको माघ महिनामा तत्कालीन प्रधान सेनापति गौरव सम्सेर जबरा लगायत विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरूको सहभागितामा पनि उदयपुरमा यस्तै कार्यक्रम आयोजना गरिएको थियो ।
२०८२ लाई कोशी प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा यस कार्यक्रमले उदयपुर जिल्लाको पर्यटन विकासमा समेत योगदान पु¥याउने विश्वास लिइएको छ । राइड टु कोशी–२०८१’ कार्यक्रम सफल बनाउन सवैप्रकारको तयारी गरिएको आयोजक समितिका संयोजक माधव बानीयाले बताउनुभयो ।