उदयपुरमा राइड टु कोशी–२०८१’ कार्यक्रम आयोजना गरिने

भक्तिविलास पोखरेल
गाईघाट, १७ माघ । उदयपुर जिल्ला साइक्लिङ संघ र नेपाली सेनाको संयुक्त आयोजनामा आउदो फागुन १६ र १७ गते ’राइड टु कोशी–२०८१’ कार्यक्रम आयोजना गरिने भएको छ ।
त्रियुगा नगरपालिकाको गाईघाटबाट शुरु गरेर बेलटार, रामपुर हुँदै चतरा, उदयपुर तर्फको कोशीटप्पु सम्मको यात्रा पूरा गरेर पुनः अर्को दिन गाईघाट मै फर्किएर कार्यक्रम समापन गरिने आयोजकले जनाएको छ ।
गाईघाटस्थित होटल वल्ड दरवारमा विहिवार विहान आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार उदयपुर जिल्लाका विभिन्न स्थानमा रहेका साइकल प्रेमीहरूको जनचेतना जगाउने र स्वास्थ्य, फिटनेस, एकता तथा वातावरणीय सचेतनालाई प्रवद्र्धन गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको हो ।
विशेषगरी ग्लोबल वार्मिङको कारण बढ्दो शहरीकरणले वातावरणमा पारेको नकारात्मक प्रभावबारे जनचेतना जगाउन यो कार्यक्रम महत्वपूर्ण रहने आयोजकहरूले बताएकाछन । यसअघि २०७५ सालको माघ महिनामा तत्कालीन प्रधान सेनापति गौरव सम्सेर जबरा लगायत विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरूको सहभागितामा पनि उदयपुरमा यस्तै कार्यक्रम आयोजना गरिएको थियो ।
२०८२ लाई कोशी प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा यस कार्यक्रमले उदयपुर जिल्लाको पर्यटन विकासमा समेत योगदान पु¥याउने विश्वास लिइएको छ । राइड टु कोशी–२०८१’ कार्यक्रम सफल बनाउन सवैप्रकारको तयारी गरिएको आयोजक समितिका संयोजक माधव बानीयाले बताउनुभयो ।

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

सम्बन्धित खवर

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

उदयपुरका दुवै क्षेत्रमा रास्वपा विजयी दुई स्वतन्त्रसहित २१ को जमानत जफत

उदयपुर २ मा चारपक्षीय भिडण्त

उदयपुरमा ट्रक दुर्घटना चालक र सहचालकको मृत्यु