सेवा प्रवाहमा उदयपुर जिल्ला अस्पताल उत्कृष्ट

भक्तिविलास पोखरेल । गाईघाट
गाईघाट १३ माघ । आम नागरिकहरुको स्वास्थ्य उपचार सम्बन्धि सेवा प्रवाहमा जिल्ला अस्पताल उदयपुर उत्कृष्ट भएको छ । हालै सम्पन्न न्यूनतम सेवा मापदण्डको लेखाजोखा कार्यक्रममा ९० प्रतिशत अंक हासिल गर्दै यो अस्पतालले आफ्नो उत्कृष्ट प्रदर्शन दोहो¥याएको हो । यो अस्पतालले यसअघि प्राप्त गरेको अङ्क भन्दा यस वर्ष ३ प्रतिशतले वृद्धि भएको छ ।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले गरेको मूल्यांकनमा अस्पतालमा हुने सेवा प्रवाह, विभिन्न विभागको कार्य सम्पादन लगायतका पक्षहरूको आधारमा अङ्क प्रदान गरिएको थियो । जिल्ला अस्पताल उदयपुरका सूचना अधिकारी सुरेश पाण्डेका अनुसार अस्पतालले यसअघि ८६ प्रतिशत अङक प्राप्त गरेकोमा यो वर्ष ८९ प्रतिशत प्राप्त गरेको छ ।
अस्पताल तथा स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड कायम गर्ने सम्बन्धी २०७७ को कार्य अवधि अनुसार यस्तो मूल्यांकन प्रत्येक वर्ष गरिन्छ । जिल्ला अस्पताल उदयपुरका मेडिकल सुपरिटेन्डेन्ट डा.बिरेन्द्र मण्डलले आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि यस्ता मापदण्डहरूको पालना अनिवार्य रहेको बताउनुभयो ।
जिल्ला अस्पताल उदयपुरले प्राप्त गरेको उच्च अङ्कले अस्पतालले सेवा प्रवाहमा गरेको सुधारलाई पुष्टि गरेको छ । यसले अस्पताल प्रशासन,चिकित्सक,कर्मचारी तथा सम्पूर्ण सरोकारवालालाई थप प्रेरणा मिलेको कर्मचारीहरु बताउछन ।
प्रदेश तहमा स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न र प्रदेश मातहतका अस्पतालहरूको व्यवस्थापन सुदृढीकरणका लागि प्रत्येक प्रदेशमा प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशकको संयोजकत्वमा रहेको समितिले यस्तो मूल्यांकन गर्ने गर्दछ ।
जिल्ला अस्पताल उदयपुरले गरेको कामको न्यूनतम सेवा मापदण्डको लेखाजोखा कार्यक्रममा उत्कृष्ट प्रदर्शन गरेकोमा अस्पतालका पाँच जना कर्मचारीलाई सम्मान गरेको छ । अस्पतालले बिरामी सेवामा पु¥याएको योगदानको कदर गर्दै एनेस्थेसिया अधिकृत अजेन्द्रप्रसाद यादव, स्टाफ नर्स निर्मला कुमारी पाण्डे, हेल्थ असिस्टेन्ट सुदिप कार्की, फार्मेसी सहायक सनम राई र फिजियोथेरापिस्ट प्रदिप यादवलाई सम्मान गरेको हो ।
सम्मानीत हुने कर्मचारीहरूले आफ्नो दक्षता र मेहनतले अस्पतालको सेवाको गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको अस्पताल मेसु डा.बिरेन्द्र मण्डलले बताउनुभयो । उहाँले ती कर्मचारीहरूको योगदानको प्रशंसा गर्दै भन्नुभयो “उहाँहरुले अस्पतालको गौरव बढाउनु भएको र उहाँहरूको मेहनत र समर्पणले गर्दा नै हामीले बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न सकेका छौँ ।”

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

सम्बन्धित खवर

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

उदयपुरका दुवै क्षेत्रमा रास्वपा विजयी दुई स्वतन्त्रसहित २१ को जमानत जफत

उदयपुर २ मा चारपक्षीय भिडण्त

उदयपुरमा ट्रक दुर्घटना चालक र सहचालकको मृत्यु