मदनभण्डारी लोकमार्गमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु

भक्तिविलास पोखरेल गाईघाट, २२ जेठ । मदनभण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका वडा नं १ फुलजोरमा टिपरको ठक्करबाट मङ्गलवार दुई जनाको मृत्यु भएको छ । सदरमुकाम गाईघाट बाट पूर्व तर्फ जाँदै गरेको मोटरसाइकललाई बिपरित दिशाबाट आएको टिपरले ठक्कर दिंदा मोटारसाईकलमा दुईजनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार गाईघाटबाट बेल्टार तर्फ जाँदै गरेको प्र १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकलमा सवार रामधुनी नगरपालिका सुन्सरी घर भई त्रियुगा नगरपालिका वडा नं ११ बस्ने ३० बर्षका रविन श्रेष्ठ र त्रियुगा नगरपालिका वडा नं ३ चाँप बस्ने २४ बर्षकी हिरा राईलाई बिपरित दिशाबाट आएको प्र १–०२– ००१ ख ८५१४ टिपरले ठक्कर दिदा दुबै जनाको घटना स्थलमै मृत्यु भएको हो । मृतक श्रेष्ठ र राईको शव पोष्टमार्टमका लागि जिल्ला असपतालमा राखिएको तथा ठक्कर दिने टिपर र सवारी चालक प्रहरीको नियन्त्रमा रहेको र दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि उदयपुरका प्रहरी प्रमुख थापाले बताउनुभयो । घटनाको प्रत्यक्षदर्शि स्थानीय सर्मिला कार्कीका अनुसार टिपरको अघिल्लो चक्काले श्रेष्ठ र पछिल्लो चक्काले राइृलाई किच्याउदा उहाँहरुको एकैसाथ ज्यान गएको हो ।

बेमौसमी बर्षाबाट धानबालीमा निकै ठूलो नोक्सान

मलद्वार भित्र राखेर ल्याउदै गरेको लागू औषध र गाँजासहित तीनजना पक्राउ

जेनजी आन्दोलनका क्रममा उदयपुरका दुई जनाको मृत्यु

जितिया पर्व सम्पन्न

उदयपुरका तीन नगरपालिका क्षेत्रभित्र कmर्प्यु

सम्बन्धित खवर

बेमौसमी बर्षाबाट धानबालीमा निकै ठूलो नोक्सान

मलद्वार भित्र राखेर ल्याउदै गरेको लागू औषध र गाँजासहित तीनजना पक्राउ

जेनजी आन्दोलनका क्रममा उदयपुरका दुई जनाको मृत्यु

जितिया पर्व सम्पन्न

उदयपुरका तीन नगरपालिका क्षेत्रभित्र कmर्प्यु

त्रियुगा नगरपालिकाको प्रशासकीय भवनको निर्माण सम्पन्न

उदयपुरका पालिकाद्वारा बजेट सार्वजनिक

सवारी दुर्घटना न्यूनीकरण गर्न थर्मप्लास्टर