उदयपुर सदरमुकाममा पचास शैयाको सुविधासम्पन्न गाईघाट सिटी अस्पताल सञ्चालन

भक्तिविलास पोखरेल गाईघाट,जेठ १६ । उदयपुरको सदरमुकाम गाईघाटमा अत्याधुनिक सुविधासहितको उपचार सेवा प्रवाह गर्नेगरी ५० शैयाको नयाँ अस्पताल सञ्चालनमा आएको छ । आधुनिक शल्यक्रियासहितको विशेषज्ञ चिकित्सकहरुबाट उपचार सेवा प्रवाह गर्ने गरी गाईघाट सिटी हस्पिटल प्रालीले बुधवारदेखि नयाँ अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पताल परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा सो अस्पतालका प्रवन्ध निर्देशक रमेशकुमार आचार्यले आजैदेखि २४ सै घण्टा ईमर्जेन्सि सेवासहित आईसियू,एनआइसियू,अत्याधुनिक ल्याव,एक्सरे,भिडियो एक्सरे,ईन्डोस्कोपी,ल्याप्रोसकोपी र २४ सै घण्टा फार्मेसी सेवा शुरु गरिएको बताउनुभयो । अस्पतालमा जेनरल वार्ड,प्राईभेट वार्ड,आधुनिक अप्रेशन थ्रेटर,डेलिभरी वार्ड र पोष्ट अप वार्ड सहितको सेवाहरु प्रवाह गरिने र यसका लागि अहिलेसम्म करिव १५ करोड रुपियाँ लगानी भईसकेको र अव करिव पाँच करोड रुपियाँ थप लगानी गरी कुनैपनि प्रकारको विरामिहरुको उपचार सेवामा सहजता ल्याउन अस्पताल ब्यवस्थापनले कमि नगर्ने प्रवन्ध निर्देशक आचार्यले जानकारी दिनुभयो । अस्पतालमा स्त्री तथा महिलारोगको विशषज्ञ सेवामा डा.डिएल यादव,जेनेरल फिजिसिएन सेवामा डा.विवेक प्रभाव साह,,बाल रोगको विशेषज्ञ सेवामा डा.सन्जिव साह,,जनरल सर्जन सेवामा डा.कृष्ण यादव र हाड जोर्नि तथा नसारोग विशेषज्ञ सेवामा डा.अर्जुन दास संलग्न रहनुभएको सो पत्रकार सम्मेलजमा जानकारी दिइएको छ । उपचार प्रणालीमा प्रयोग हुने अति महङ्गा र आधुनिक उपकरणहरु अस्पतालका कक्षहरुमा जडान गरीएको र यसबाट सर्व साधारण नागरिकहरुले धरान विराटनगरलगायतका ठूला शहरहरुमा पाउने सेवा यहि प्राप्त गर्न सकिने भएकोले यो अस्पताल सञ्चालनमा आएसँगै अव गाईघाट बासिलाई स्वास्थ्य उपचारमा आर्थिक रुपले पनि निकै ठूलो राहत मिलेको स्थानीय औषधि ब्यावसायी विजय साहले बताउनुभयो । विराटनगर धरान जस्ता ठूला सहरमा सञ्चालन भएका अस्पातलहरुले दिने उपचार सेवा त्यहाभन्दा करिव १० प्रतिशत कम शुल्कम यहि पाउन सकिने र होल बडि स्वास्थ्य परिक्षको शुल्क तत्कालका लागि तीनहजार पाँचसय मात्र निर्धारण गरिएकोले यो सेवाका लागि आजैबाट सेवाग्राहीहरुको भीड बढेको अस्पतालका मुख्य डाक्टर डिएल यादवले बताउनुभयो । गाईघाटबाट विराटनगर वा धरानसम्म विरामि लैजादा र ल्याउदा लाग्ने करिव १५ हजार रुपियाँको एम्बुलेन्सको भाडा खर्च,थप अन्य वस्ने खाने लगायतका बन्दोवस्तिका खर्चहरु र उपचार शुल्क समेतमा १० प्रतिशतले बचत हुनेहुदा अव आम सर्वसाधारणका लागि गाईघाट सिटी हप्टिलले आर्थिक रुपमा पनि धेरै टेवा दिएको निदैशक आचार्यले बताउनुभयो । करिव एकलाख १० हजार जनसंख्या रहेको त्रियुगा नगरपालिका र आसपासका अन्य पालिका लगायत छिमेकि जिल्लाहरु सिरहा,सप्तरी,खोटाङ्ग,शोलुखुम्बु,ओखलढुङ्गा र भोजपुर जिल्लासम्का विरामिहरुको लागि यो अस्पताल भरपर्दाे उपचारका लागि उपयोगिहुने विस्वास गरिएको छ ।
No data was found

सम्बन्धित खवर

जेष्ठ नागरिकका लागि वडा वडामा स्वास्थ सिविर सञ्चालन

सार्वजनिक विषयमा महत्वपूर्ण निर्णय गर्दै कांग्रेस एमाले संयन्त्रको बैठक सम्पन्न

उदयपुरमा जन्ति बोकेको बस र मिनिट्रक ठोकिदा एकको मृत्यु पाँच घाईते

नेपालको आर्थिक विकासमा भारतको ठूलो सहयोग— नियोग उपप्रमुख श्रीवास्तवल

सामुदायिक विद्यालयलाई मोतियाही सावउसद्वारा १५ लाख सहयोग

उदयपुरमा राइड टु कोशी–२०८१’ कार्यक्रम आयोजना गरिने

सेवा प्रवाहमा उदयपुर जिल्ला अस्पताल उत्कृष्ट

धार्मिक पर्यटकीय स्थलहरुको पूर्वाधार निर्माणमा सवै पक्षको सहयोग आवश्यक —प्रदेश प्रमुख खापुङ्ग

बेल्टारमा दुव्र्यसनी रोक्न एक महिने सचेतना अभियान सञ्चालन

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित