त्रियुगा न्युज
गाईघाट,चैत १ । मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नाराका साथ विहिवार विश्व मिर्गाैला दिवस मनाई रहदाँ उदयपुरको त्रियुगा नगरपालिकाका मिर्गौला पीडितहरुले भने राज्यले दिने औषधी उपचार खर्चसमेत नपाएको बतायकाछन ।
विभिन्न कार्यक्रमको आयोजना गरी विहिवार विश्व मिर्गौला दिवस मनाईएको छ । देशभर विश्व मिर्गाैला दिवस मनाई रहदाँ उदयपुरका मिर्गौलाका विरामीहरुले भने राज्यले दिने औषधी उपचार खर्च समेत समयमै नदिँदा आपूmहरुलाई उपचारमा अर्थिक समस्या परेका विरामिहरुले बताएकाछन
संघीय सरकार स्वास्थ्य मन्त्रालयले समयमै बजेट नपठाउँदा मिर्गौला पीडितहरुले उपचार खर्च नपाएकाहुन । नेपाल सरकारले २०७८ साल देखि मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचारका लागि खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि स्वीकृत गरेर मासिक पाँच हजारको दरले रकम निकासा गर्दै आएको छ ।
गएको साउनदेखि असोज महिना सम्मको औषधी उपचार खर्च पाएपनि त्यसपछि रकम नपाएकोले उपचार गर्न र नियमित औषधी खरिद गर्न समस्या भएको मिर्गौला पीडितहरु सुवास विश्वकर्मा र सन्तोष साले बताउनुभयो ।
त्रियुगा नगरपालिकामा मिर्गौलाका ५७ सहित दुईसय २७ जनाले मासिक औषधी उपचार खर्च पाउदै आएकाछन । कार्यविधि अनुसार पहिलो त्रैमासिकको रकम त्रियुगा नगरपालिकाले आन्तरिक श्रोतबाट भुक्तानी गरेको भएपनि उक्त रकम स्वास्थ्य मन्त्रालयबाट हालसम्म सोधभर्ना निकासा नभएकाले थप रकम पीडितलाई उपलब्ध गराउन नसकिएको त्रियुगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एकबहादुर राउत बताउनुहुन्छ ।
मिर्गौलासम्बन्धी बिरामीका लागि निःशुल्क डायलायसिस र औषधी उपचार खर्च दिने भनेपनि नियमित रुपमा रकम उपलब्ध नगराउँदा विरामीहरु झन समस्यामा परेको र पछिल्लो एक वर्ष भित्रमा आठजना मृगौला विरामिहरुको मृत्युसमेत भइसकेकोले हाल जिवित उपचार गराइरहनु भएका विरामिहरुका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तत्काल ध्यान दिन अति आवश्यक भएको उहाँको भनाई छ ।