त्रियुगा न्युज
गाईघाट,फागुन १० । उर्जा जलस्रोत तथा सिँचाईमन्त्री शक्ति बहादुर बस्नेतले संबैधानिक व्यवस्था अनुरुप संघीय सरकारले अव प्रदेश र स्थानीय तहलाई पूर्ण अधिकार दिने बताउनु भएको छ । उदयपुरको रौतामाई गाउँपालिका वडा नं ७ स्थित नमुना माध्यमिक विद्यालय मुर्कुचीको ६२ औं बार्षिकोत्सव तथा दोस्रो रौतामाई विज्ञान तथा कला प्रर्दशनी २०८० को उद्घाटन गर्नु हुदै मन्त्री बस्नेतले उक्त कुरा बताउनुभएको हो ।
देश संघियतामा गईसकेकाले अब कसैले अधिकार प्राप्तीको लागि आन्दोलन गर्नु आवश्य नरहेको बताउदै उर्जा मन्त्री बस्नेतले वर्तमान सरकार आर्थिक विकास र सामाजिक न्यायको पक्षमा काम गरिरहेको बताउदै देशको अर्थतन्त्र अव लयमा फर्किएको र मुलुक समृद्धि र विकासको बाटोमा अघि बढिरहेको छ भन्नुभयो । उहाँले संघीयताका कार्यान्वयनका लागि तिनवटै सरकारहरु तालमेल गराउने गरि कानुन निर्माण गरिने बताउनु भयो ।
उहाँले गतबर्ष भन्दा यस बर्ष प्रदेश सरकारको बजेटको सिलिङ बढ्ने निश्चित भएको बताउदै बिद्युत विधेयक चालु हिउदे अधिवेशनबाट पारित गर्नेगरी काम गरिरहेको र यो विधेयक पातिहुना साथ २५ मेगावाटसम्मका उत्पादन क्षमता भएका आयोजनाहरु प्रदेश सरकारको अगुवाइमा गर्न सकिने गरी विद्युत विद्ययेक ल्याउने तयारी गरेको पनि बताउनुभयो ।
कार्यक्रममा संघीय साँसद अम्वरवहादुर रायमाझी, प्रदेश सरकारका कृषी, उद्योग तथा सहकारी मन्त्री रामकुमार खत्री र खानेपानी, उर्जा र सिँचाईमन्त्री नारायणबहादरु मगरले विकास निर्माणमा हुने गरेका ढिलासुस्ति र आर्थिक अभावका समस्याहरु औल्याउनुभएकोथियो ।
उदयपुर जिल्ला भरका ४० वटा विद्यालयका विद्यार्थीले विज्ञान, वातावरण, समाजिक र कला विधामा सृजना गरेका सामाग्रीहरु ९२ वटा स्टल प्रदर्शनीमा राखिएको प्रधानाध्यापक खड्ग थापाले जानकारी दिनुभयो । रौतामाई गाउँपालिकाको सहयोग तथा नमुना मावि मुर्कुचीको आयोजनामा भएको प्रदर्शनीमा प्रथम हुनेलाई प्रतिविधा १० हजार, द्धितियलाई आठहजार र तेस्रोहुनेलाई पाँचहजारको दरले पुरस्कृत गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।