मुलुकमा स्थिर राजनीतिको खाँचो छ – एमाले नेता बस्नेत

त्रियुगा न्यूज भदौ २९
नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा युवा नेता महेश बस्नेतले मुलुकमा स्थिर राजनीतिको खाँचो रहेको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल उदयपुरको दशौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न गाईघाट आईपुग्न भएका बस्नेतले प्रेस चौतारी नेपाल उदयपुरले सदरमुकाम गाईघाटमा शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा सो कुरा बताउनुभएको हो ।
अति जातिवादी र अराजक तत्वहरुको झुण्डलाई प्रोत्साहन पुग्ने गरी वर्तमान प्रधानमन्त्री आफैलेले प्रसय दिने गरेको आरोप लगाउदै युवा नेता वस्नेतले सुशासन स्थापित गर्ने दायित्व अव नेकपा एमालेको काँधमा आएको र नेकपा एमालेका अध्यक्ष केपिशर्मा ओलीले नेतृत्व गरेको सरकारले ल्याएको समृध्द नेपाल सुखि नेपालीको अवधारणलाई अव कसैले पनि हटाउन नसक्ने बताउनुभयो ।
उहाँले ‘हिजो कोसी प्रदेशमा मतदान गर्न आफ्ना सांसदलाई ह्विपजारी गर्ने आज आज सान्त्वना लिन वहुमत दिनुस पहिचानका आधारमा नामाकरण गर्छु भनेर स्वयम प्रधानमन्त्रीले दोहोरो भुमिका खेल्दा मुलुक नै भडखालोमा पर्ने संकेत देखिएको छ तर त्यस्तो अवस्थामा नेकपा एमालेले देशलाई बचाउनेछ भन्नुभयो ।’
पहिचानका नाममा प्रधनमन्त्रीको संम्लग्नतामा नै जातीय, धार्मिक तथा सामाजिक सद्भाव विथोल्न खोज्ने गिरोह सकृय भएको आरोप लगाउदै वस्नेतले ‘एकातर्फ अति हिन्दुवादीहरु धर्मको नाममा छिमेकी मुलुकबाट समेत धर्मगुरुहरु भित्र्एिको अर्कोतर्फ अति जातिवादीहरु बर्षौदेखिको सामाजिक सद्भाव विथोल्न हिंसात्मक गतिविधि मच्चाईरहेकाछन्, यी दुबै नेपालीहरुको हितमा छैनन् भन्नुभयो ।’
बस्नेतले सामाजिक सद्भाव, राष्ट्रिय एकता सहितको समृद्धीको यात्रा नै एमालेको पहिचान भएको स्पष्ट पार्दै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई दरो बनाउन खोज्दा राष्ट्रिय राजनीतिमा नै एमाले माथि आक्रमण भएको बताउनुभयो ।
पछिल्लो समय पुर्वराष्ट्रपति िबद्यादेवी भण्डारीलाई वामपन्थी एकताको नेतृत्व तपाईले गर्नुपर्छ भन्दै अनावश्यक विवादमा मुछेर एमालेलाई कमजोर बनाउने खेलमा नेकपा माओबादीका अध्यक्ष प्रचण्ड आफै लागेकोले त्यस्तो हल्लाको पछि नलाग्नउ उहाँले आग्रह गर्नुभएको छ ।
पछिल्लो समय सुशासन र भ्रष्टचारका नाममा सरकारले जतिपनि गतिविधि गरेको छ, त्यो केवल भ्रष्टचार मिलाउने खेल मात्र भएको टिप्पणी गर्दै पुर्व उद्योग मन्त्रीसमेत रहनुभएका बस्नेतले भ्रष्टाचार, अनियमितता, ब्यथिति, असुरक्षा जस्ता कुरा प्रधानमन्त्री पुष्पकमल दहालकै कारण मौलाएकाले त्यसविरुद्ध राष्ट्रिय युवासंघ नेपालले अभियान सुरु गरेको छ भन्नुभयो ।
संघीय सरकार परिवर्तन सम्भव छ भन्ने पत्रकारहरुको जिज्ञासामा ‘संघीय सरकार अप्राकृतिक छ, संसदिय व्यवस्थामा ठुलो दलले सरकार बनाउने हो, त्यसबाट भएन भने दोस्रो दलले, जुनअहिले भएको छैन्, काँग्रेसले हिम्मत गर्छ भने एमाले सत्ता समिकरण नगरी काँग्रेसलाई समर्थन गरेर जान सक्छ ।’ भन्नुभयो ।

 

बिज्ञापन

कम्यूटर शिक्षाको निःशुल्क तालिम

विद्यार्थी भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक वितरण गरिने

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सम्बन्धित खवर

कम्यूटर शिक्षाको निःशुल्क तालिम

विद्यार्थी भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक वितरण गरिने

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

उदयपुरका दुवै क्षेत्रमा रास्वपा विजयी दुई स्वतन्त्रसहित २१ को जमानत जफत