बेल्टारमा दुव्र्यसनी रोक्न एक महिने सचेतना अभियान सञ्चालन

भक्तिविलास पोखरेल
गाईघाट, 3 माघ । “आजको युवा, नशा विरुद्धको योद्धा“ भन्ने मुला नारा सहित उदयपुरको चौदण्डीगढी नगरपालिकाका युवाहरुले लागु औषध दुव्र्यसनी रोक्न एक महिने सचेतना अभियान सुरु गरेका छन ।
चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारस्थित बसपार्कमा एक कार्यक्रमको आयोजना गर्दैे नगर प्रमुख कालुमान लामाले एक महिने सो अभियानको सुभारम्भ गर्नुभएको हो । स्थानीय सुर्योदय सुधार केन्द्र, चौदण्डीगढी रिकभरी टिम र क्लिन एण्ड ग्रीन सिटि बेल्टारले संयुक्त रुपमा सो अभियान सञ्चालन गरेकाछन ।
अभियान अन्तर्गत युवाहरुले लागू पदार्थ दुव्र्यसनी विरुद्ध नगर भित्रका टोल–टोल र बस्ति बस्तिमा पुगेर सम्पूर्ण अभिभावक तथा १३ बर्ष देखि १९ बर्ष उमेर समुहका किशोर किशोरीहरुसँग अन्तक्र्रिया र सचेतना अभियान सञ्चालन गर्नेछन ।
यस १ महिने अभियान मार्फत कुलतमा फसेकाको उध्दार तथा दुव्र्यसनी न्युनिकरणका लागि महत्वपूर्ण सफलता हाँसिल गर्ने अपेक्षा गरिएको क्लिन एण्ड ग्रीन सिटि बेल्टारका प्रमुख बिदुर राईले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै मेयर लामाले “सभ्य समाज निर्माणका लागि सबैको उत्तिकै भूमिका हुने बताउनुभयो । लागूऔषध दुव्र्यसनी रोक्ने कार्यमा सबै पक्षबीच सहकार्यको खाँचो रहेको भन्दै यो अभियान सफल बनाउन नगरपालिकाले सबै खाले भूमिका निर्वाह गर्न कुनै कसर बाँकि नराख्ने बताउनुभयो । ”
नगर प्रमुख लामाले दुव्र्यसनले समाजलाई कुनै पनि समय दुर्घटनामा लैजाने भन्दै सभ्य समाज निर्माण गर्न यसलाई न्यूनीकरण गर्दै पूणृ रुपमा नियन्त्रण गर्नुपर्ने बताउनुभयो । यस अभियानले दुव्र्यसनले निम्त्याउने घटनामा समेत न्यूनिकरणमा सहयोग पुग्ने र असल समाजको स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्यक्रमका सहभागीहरुले बताएकाछन ।

कम्यूटर शिक्षाको निःशुल्क तालिम

विद्यार्थी भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक वितरण गरिने

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सम्बन्धित खवर

कम्यूटर शिक्षाको निःशुल्क तालिम

विद्यार्थी भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक वितरण गरिने

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

उदयपुरका दुवै क्षेत्रमा रास्वपा विजयी दुई स्वतन्त्रसहित २१ को जमानत जफत