त्रियुगा नगरपालिका समृध्दिको मार्गमा अगि बडिरहेको छ —नगर प्रमुख वस्नेत

त्रियूगा न्युज
गाईघाट,मङ्सिर २७ । त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतले राज्यको नीति र पध्दती नै अव्यवहारिक भएकोले आपूmले चाहेर पनि नगर विकासका कतिपय महत्वपूर्ण कामहरु सम्पादन गर्न कठिनाई भइरहेको बताउनुभएको छ ।
सो कुरा नगर प्रमुख वस्नेतले नगरपालिका र नगरअन्तर्गत रहेका शाखाहरुले आर्थिक वर्ष २०८० । ०८१ को पहिलो चौमासिकमा प्रवाह गरेका सार्वजनिक सेवा र प्रभावकारिता विषयमा बुधवार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बताउनुभएको हो ।
नगर प्रमुख वस्नेतले संघीय सरकार र प्रदेश सरकारबाट आउनुपर्ने बजेट समयमा निकासा नआउने मात्र हैन कतिपय कानुनहरु पनि माथिल्लो निकायले बनाउन नसक्दा स्थानीय तहमा समेत त्यसको नकारात्मक प्रभाव परेकोले जन चाहना अनुरुप सवै कामहरु सम्पन्न गर्नमा अहिले पनि असहज अवस्था रहेको बताउनुभयो ।
यस्तो अवस्था हुदाहुदै पनि नगरपालिकाले आप्mनो सिममित श्रोत साधनको समुचित प्रवाह गरी जनताका समस्याहरु समाधान गर्दे विकास निर्माणका कामहरुमा निरन्तरता दिदै आएको नगर प्रमुख वस्नेतले बताउनुभयो ।
त्रियुगा नगरपालिकाको आयोजना तथा सुशासनका लागि हिमायती जिक्युको सहजिकरणमा नगरपालिकाको सभाहलमा सम्पन्न भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राही, नागरिक, राजनीतिक दल, विषयगत शाखाहरुका प्रमुख एवं प्रतिनिधिहरुले उठाएका जिज्ञासाहरुको संछिप्त उत्तर दिदै नगर प्रमुख वस्नेतले यो नगरपालिका समृध्दिको बाटोतर्फ क्रमस उन्मुख हुँदै गएको छ भन्नुभयो ।
नगर प्रमुख बस्नेतले नगरपालिकाको प्रशासकीय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको, शिक्षामा स्थानीय पाठ्ययक्रम लागू गरिएको, विद्यार्थी संख्याको अनुपातमा सामुदायिक विद्यालयहरुमा शिक्षक दरवन्दी मिलान गरि शिक्षामा गुणस्तर बृध्दि ल्याउन प्रयास भइरहेको छ भन्नुभयो ।
उहाँले स्वास्थ्यमा जिल्ला अस्पताललाई विशेषज्ञ सेवा दिनेसहितको अस्पतालमा परिणत गरिएको,पूर्वाधार तर्फ बिश्वबैंकको लगानीमा बन्ने सडक ठेक्का लगाउने अवस्थामा पुर्याएको र त्रियुगा रिङरोड निर्माणको थालनी भएको तथा त्रियुगा खानेपानी योजनाको काम पनि धमाधम अगाडि बडिरहेको बताउनुभयो ।

 

बिज्ञापन
No data was found

सम्बन्धित खवर

उदयपुरका आठमध्ये सातवटा पालिकाद्वारा नीति कार्यक्रमसहित बजेट सार्वजनिक

संगितको सुर तालमा संगित दिवस

लेखाका कर्मचारीको आन्दोलनले प्रदेश मातहतका कार्यालय ठप्प

आठ वर्षमा पनि निर्माण सम्पन्न हुन सकेन गाईघाटस्थित मदन भण्डारी स्मृति सभा हल

राष्ट्रिय परिचयपत्र बनाउन बृध्दबृध्दा लाई सास्ती

मदनभण्डारी लोकमार्गमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु

हायस पल्टिदा १० यात्रु घाइते

सदस्यता नविकरणमा देशकै पहिलो जिल्ला बन्यो एमाले उदयपुर

चारसय ११ एम्पुल लागुऔषध सहित दुई युवक पक्राउ

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित