मुलुकको विकास र सम्मृध्दि एमाले नेतृत्वको सरकारले मात्रै गर्न सक्न—अध्यक्ष ओली

त्रियुगा न्यूज
घुर्मि(उदयपुर),मङ्सिर २६ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समग्र आर्थिक विकास र सम्मृध्दिका लागि एमाले नेतृत्वको सरकारले मात्रै गर्न सक्ने बताउनु भएको छ ।
एमालेले हाल सञ्चालन गरेको ‘झुलाघाट– चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को क्रममा मङ्गलवार उदयपुर र ओखलढुङ्गा जिल्लाको सिमा क्षेत्र हर्कपुरमा आयोजित जनसभालाई सम्बोधन गर्नुहुदै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
अध्यक्ष ओलीले एमाले सरकारमा हुदा जनताका दैनिक जनजीवकाका विषयसँगै मुलुकको समग्र विकास निर्माणमा झलमल्ल घाम लागेजस्तो उज्यालो हुने र सरकारबाट हटेपछि भ्mयाप्प बत्ति निभेको जस्तो चारैतिर जनमानसमा अँध्यारोको सन्नाटा छाएको जस्तो अनुभूति हुने गरेको छ भन्नुभयो ।
कोशी प्रदेशमा अध्यक्ष केपी ओली सहितको टोलीले पाईला टेक्ने भएपछि पहिचान पक्षधरले अवरोध गर्ने भनि प्रचारप्रसार गरी जनमानसमा भ्रम छर्न खोजेको भन्दै पहिचान पक्षधरलाई उहाँले सामाजिक एकता सद्भाव बलियो भयोभने मात्रै देशले विकासको फड्को मार्न सक्छ भन्नुभयो । अध्यक्ष ओलीले एमालेसँग जोरी नखोज्न पहिचान पक्षधरलाई अनुरोध गर्दै सरकारको नेतृत्वमा बसेकाहरुले नै जातीय सद्ुभाव भड्काउन खोजेको आरोप लगाउनु भएको छ ।
अध्यक्ष ओलीले एमालेले मात्रै भ्रष्टाचार र तस्किरी नियन्त्रण गरी मुलुकमा सुशासन दिनसक्ने,देशको हित राष्ट्रिय स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा गरी राष्ट्रिय एकतालाई बचाउनसक्ने बताउनुभएको छ । उहाँले जतिवेला एमाले सत्तामा थियो त्यतिवेला शुरु गरेका कैयौ विकास निर्माणका योजनाहरु अहिलेको गठबन्धन सरकारले अलपत्र पारेको बताउनुभयो ।
अध्यक्ष ओलीले अव हुने आम निर्वाचनमा एमालेलाई कुनै शक्तिले पनि सत्तामा जान रोक्न नसक्ने भन्नुहुदै एमले सरकारमा पुगेकै वर्ष यो दयानीय अवस्थामा जीर्ण बनेको कटारी घुर्मि ओखढुङ्गा सडकको कायापलट गर्ने बताउनुभयो ।
नेकपा एमाले कोशी प्रदेश कमिटिका उपसचिव देवान राईको अध्यक्षतामा भएको सो जनसभाको अवसरमा उदयपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्या अम्वर रायमाझीले उदयपुर क्षेत्र नं २ को विकासमा जोड दिनु पर्ने भन्दै कटारी अस्पतालमा ५० शैया र उदयपुर जिल्ला अस्पतालमा एकसय शैयाको अस्पताल बनाउन जोड दिएर ज्ञापनपत्र समेत अध्यक्ष अलीलाइृ बुझाउनुभएको छ ।

कम्यूटर शिक्षाको निःशुल्क तालिम

विद्यार्थी भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक वितरण गरिने

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सम्बन्धित खवर

कम्यूटर शिक्षाको निःशुल्क तालिम

विद्यार्थी भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक वितरण गरिने

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

उदयपुरका दुवै क्षेत्रमा रास्वपा विजयी दुई स्वतन्त्रसहित २१ को जमानत जफत