झिमरुकमा घरमै पुगेर अपांङ्ग परिचयपत्र वितरण

बिमल प्रसाद पोख्रेल, प्युठान । प्युठानको झिमरुक गाउपालिकाले अपाङ्ग भएका नागरिकहरुलाई पहिचान गर्दै घरमै पुगेर अपांगता परिचय पत्र वितरण कार्यलाई निरन्तरता दिएको छ।

सोमबार झिमरुक गाउपालिका उपाध्यक्ष प्रमोद पोख्रेल,प्रमुख प्रशासकीय अधिकृत हरी पोख्रेल, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख यामलाल पोख्रेल सहितको टोलिले ढाकेडी निबासी ५९ बर्षिय लक्ष्मी महतरालाइ घरमै पुगेर ‘क’ बर्गको रातो परिचय पत्र दिएको हो। लक्ष्मी बिगत दुइ बर्ष देखि प्यारालाइसिस भएर थला परेको कान्छी बुहारी दबन्ता महतराले बताउनु भयो। उहाले सासुआमाको उपचारमा लाखौ रुपैया खर्च गर्दा समेत निको हुन नसकेको बताउनुभयो।

बिज्ञापन

घरमै परिचय पत्र पाउँदा लक्ष्मीका आखाँमा हर्षका आँसु देखिन्थ्यो। लक्ष्मीकी बुहारी महतराले घर आगनमा पुगेर सेवा गर्ने स्थानिय सरकारको कामको खुलेर प्रशंसा गर्नुभयो।

लक्ष्मिको उपचारका लागि घरपरिवारले काठमाडौं ,बुटवलका अस्पतालहरुमा पटकपटक पुर्याउँदा झन्डै पाच लाख खर्च भएको बुहारी महतरा बताउछिन्। उपचारमा धेरै खर्च भयो, उनले भनिन् “उपचारमा खर्च जोहो गर्न गार्हो छ। “ पटकपटक बुटवल बिजुवार लग्यौ निको भएन उनले बताइन्। हातखुट्टा नचल्ने भएपछि उहाँको स्याहार सुसारमा एकजना चोबिसै घण्टा खट्नुपर्ने उहाले बताउनु भयो।

यस्तै झिमरुक -३ को दारिमचौर निबासि ५ बर्षिय रियन के शि को घरमा पुगेर ‘क’ बर्गको अपाङ्गता परिचयपत्र बितरण गरेको छ।

जन्मेदेखि ओछ्यानमै थला परेका रियन के सि बोल्न नसक्ने,आँखा नदेख्ने हातखुट्टा चलाउन नसक्ने अबस्थाका छन। रियनलाई हेरचाह गर्न दैनिक एक जना अनिवार्य खटिनुपर्ने बाध्यता छ। एक्लै छोडेर हिड्न मिल्दैन। उनकी आमा करिस्मा के सी भन्छिन,’ छोराको उपचार गराउदा तिन लाख सकियो निको भएन।’ घरको अबस्था कम्जोर रहेकाले उपचार गर्न पनि मुस्किल भएको करिस्माको भनाई छ। करिस्माका अनुसार रियानले आमाको दूध समेत चुस्न नसकेको अहिले ल्याक्टोजिन ,भैसिको दुध र बिस्कुट मात्रै खान्छन। उनी राम्रोसँग निल्न पनि सक्दैनन्। पालिका भित्रका ‘क’ बर्गका महिला २६ जना पुरुष ४० जना गरि ६६ जना ‘ख’ बर्गका महिला ७१ जना पुरुष १०७ जना गरि १७८ जना ‘ग’ बर्गका महिला ४१ पुरुष ४९ जना गरि ९० जना र ‘घ’ बर्गका महिला २४ जना पुरुष ३४ जना गरि ५८ जना सहित हालसम्म ३९२ जनाले अपांगता परिचयपत्र पाएको गाउपालिकाले जनाएको छ।

यस अघि झिमरुक गाउपालिकाले अन्य वडाहरुमा घरघरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिएको हो। गाउपालीका उपाध्यक्ष प्रमोद पोख्रेलले अशक्त, अपांग भएका ब्याक्तीलाइ घरमै पुगेर परिचय पत्र जारी गरिएको जानकारी दिनुभयो। उहाले भन्नुभयो,’ यो काम निरन्तर चलिरहन्छ, गाउपालीकामा निवेदन दिएपछी गाउँपालीकाको टोलि घरमै आउछ।”

स्रोत : सिम्रिक आवाज

No data was found

सम्बन्धित खवर

जेष्ठ नागरिकका लागि वडा वडामा स्वास्थ सिविर सञ्चालन

सार्वजनिक विषयमा महत्वपूर्ण निर्णय गर्दै कांग्रेस एमाले संयन्त्रको बैठक सम्पन्न

उदयपुरमा जन्ति बोकेको बस र मिनिट्रक ठोकिदा एकको मृत्यु पाँच घाईते

नेपालको आर्थिक विकासमा भारतको ठूलो सहयोग— नियोग उपप्रमुख श्रीवास्तवल

सामुदायिक विद्यालयलाई मोतियाही सावउसद्वारा १५ लाख सहयोग

उदयपुरमा राइड टु कोशी–२०८१’ कार्यक्रम आयोजना गरिने

सेवा प्रवाहमा उदयपुर जिल्ला अस्पताल उत्कृष्ट

धार्मिक पर्यटकीय स्थलहरुको पूर्वाधार निर्माणमा सवै पक्षको सहयोग आवश्यक —प्रदेश प्रमुख खापुङ्ग

बेल्टारमा दुव्र्यसनी रोक्न एक महिने सचेतना अभियान सञ्चालन

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित