त्रियुगा न्यूज असोज ३
उदयपुरमा राष्ट्रिय संविधान दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ । त्रियुगा नगरपालिका,जिल्ला प्रशासन कार्यालय,उदयपुर जिल्ला अस्पताल र कटारी नगरपालिकाले विविध कार्यक्रमहरु सञ्चालन गरी संविधान दिवस मनाएकाहुन ।
कैदिबन्दीहरुलाई सामग्री वितरण
संविधान दिवसका अवअवसरमा त्रियुगा नगरपालिकाले जिल्ला कारागार उदयपुरमा रहेका कैदि बन्दीहरुलाई विभिन्न मनोरञ्जनात्मक तथा खेलकुदका सामाग्रीहरु वितरण गरेकोछ । जिल्ला कारागार शाखामा आयोजित एक कार्यक्रममा त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्तकुमार वस्नेत,प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम तथा नगर उपप्रमुख महेश्वरी राई र वडा नं १० र ११ का वडा अध्यक्षहरु किरणपाण्डे तथा सुमन्त कोईरालालेसंयुक्त रुपमा ती समाग्रीहरु कारागार प्रशासनलाई हस्तान्तरण गर्नुभएको हो ।
जसमा मादल,क्यारिमबोडा र बाँसुरी दुइैदुई थान,त्रिपाल,डस्टविन,ब्याडमिन्टन र्याकेड,प्रेसर कुकर र प्लाष्टिक कुर्सि चारचार थान,चेस पाँच थान,ब्याडमिन्टन,गितार र हारमुनिएम एकएक थान, ब्याडमिन्टन कक १० डब्बा र स्किपिङ १० थान तथा महिला बन्दिहरुका लागि सेनिटरी प्याड तीनसय थान वितरण गरिएको हो ।
दश जना कैदिबन्दी रिहा
संविधान दिवसकै अवसरमा विभिन्न मुध्दामा कारागारमा जेल जीवन विताईरहेका दश जना कैदि बन्दिीलाई नेपाल सरकारको सिफारिस अनुसार राष्ट्रपतिकाट बाकि कैद मिनाहा गरी थुनामुक्त आजैबाट थुनामुक्त गरिएको छ । सो अवसरमा जिल्ला कारागार शाखामा आयोजित कार्यक्रममा त्रियुगा नगरपालिकाकाका नगर प्रमुख बसन्तकुमार वस्नेतले अहिलेको संविधान विश्वमा भएका अन्य संविधान भन्दा उत्कृष्ट रहेको बताउनुभयो ।
तर संविधानले ग्यारेन्टी गरेका नागरिकका हक,अधिकार र कर्तब्यका वारेमा आम जनतासम्म बुझाउन नसकिएकोले यस विषयमा वेलावेलामा आलोचना हुने गरेको हो भन्नुहुदै संविधानको पालना र कार्यान्वयन गर्ने दायित्व कर्मचारी,प्रशासन,जनप्रतिनिधि र सुरक्षा निकायलगायत सवै राजनैतिक दलहरुको भएको बताउनुभयो ।
अस्पताललाई ह्विल चियर वितरण
संविधान दिवसकै अवसरमा त्रियुगा नगरपालिकाले उदयपुर जिल्ला अस्पताललाई चारथान ह्विलचियर वितरण गरेको छ । उदयपु अस्पताल परिसरमा आयोजित कार्यक्रममा नगरप्रमुख वसन्तकुमार वस्नेत तथा उपप्रमुख महेश्वरी राईले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.ज्ञानेन्द्रझालाई चारथान ह्विलचियर वितरण गर्नुभएकोहो ।
विरामिलाई निशुल्क औषधी उपचार
संविधान दिवसकै अवअवसरमा उदयपुरको कटारी नगरपालिकाले विरामीहरुलाई आज एक दिन निशुल्क औषधी उपचारको व्यावस्था गरेकोछ । कटारी अस्पतालबाट उपलब्ध हुने सवै सेवाहरु ल्याव,भिडियो एक्सरे,एक्सरे,ओपिडि सेवा तथा औषधीसमेत निशुल्क रुपमा उपलब्ध गराइएको कटारी नगरपालिकाका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले बताउनुभयो ।