नागरिकता सम्बन्धि विधेयकमा भएका विवादास्पद कुराहरु: कति यथार्थ र भ्रम

नयाँ संविधानमा परिकल्पना गरिएको व्यवस्था कार्यान्वयनका लागि ल्याइएको विधेयकमा अझै कतिपय विषयहरूमा सांसदहरूको विरोध र फरक मत देखिएको छन । दुई वर्षसम्म संसद्मा छलफल हुँदा पनि टुङ्गो लाग्न नसकेको यस अघिको यस्तै विधेयक फिर्ता लिएर सरकारले नयाँ नागरिकता सम्बन्धी अध्यादेश ल्याएको हो । तल्लो सदन अर्थात प्रतिनिधीसभाबाट पारित भएको नागरिकता विधेयकले नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाले पहिलेको देशको नागरिकता त्याग्न प्रक्रिया सुरु गरे लगत्तै नेपाली नागरिकता पाउने व्यवस्था गरेको छ । यो विधेयकमा सबैभन्दा विवादित विषय नै यही देखिएको छ । अध्यादेशले नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान हुन नसकेका व्यक्तिलाई वंशजको नागरिकता लिने बाटो खोलेको छ । तर, यसरी नागरिकता प्राप्त गरेको व्यक्तिको बाबु विदेशी ठहर भए वंशजको नागरिता कायम रहने छैन । निजले बाबुको बसोबास भएको देशको नागरिकता लिएको छैन भन्ने घोषणा गरेमा उनको नागरिकता अंगीकृतमा परिणत हुनेछ ।

यो विषय पनि संविधानले नै सम्बोधन गरेको थियो । २०७२ सालको संविधानमा भनिएको छ, ‘नेपालको नागरिक आमाबाट जन्म भई नेपालमा नै बसोवास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपाली नागरिकता प्रदान गरिनेछ ।’ तर संविधान अनुसार नागरिकता ऐन संशोधन भएन र प्रमुख जिल्ला अधिकारीहरुले ऐन नभएको भन्दै नागरिकता दिएनन । कतिले अदालतलमा मुद्दा दायर गरी यही प्रावधान अनुसार नागरिकता लिए, धेरैले नागरिकता पाउन सकेका थिएनन ।
संविधानमै नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलाले चाहेमा संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता लिनसक्ने छ भनिएको छ । विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा नेपालमा स्थायी बसोबास गरेको र विदेशी नागरिकता प्राप्त गरेको रहेनछ भने संघीय कानून बमोजिम अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने भनिएको छ ।
नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान हुन नसकेका व्यक्तिलाई वंशजको नागरिकता लिन पाउने व्यवस्था अनुसार आमाको नामबाट नागरिकता दिनु पर्छ । गर्भ महिलाको अधिकारको कुरा हो । कुनै पुरुषले गर्भ राखेर भाग्यो भन्दैमा त्यो गर्भ फाल्नुपर्ने नत्र महिला र बालबच्चाले जीवनभर वा कुनै कालखण्डमा अपमानित हुनु पर्ने अवस्था बनाइनु हुदैन । यो अपमान हटाएर नेपाली महिलाको बच्चाले वंशजका आधारमा नागरिकता पाउनु पर्छ ।

बिज्ञापन

एनआरएनलाई नागरिकता दिनु हुदैन, अन्य परिचयपत्रको व्यवस्था गर्नु पर्दछ । नागरिकता भनेको नागरिकलाई दिइने हो, गैरनागरिक वा भूतपुर्व नागरिकलाई होइन । नेपाली मुलका हुन भनेर उनीहरुका लागि अन्य देशका नागरिकहरु भन्दा केहि विशेष अधिकार दिनु असामान्य होइन । आर्थिक, सामाजिक तथा सांस्कृतिक गतिबिधि गर्न सहज बनाइदिनु ठिक हो । तर त्यसका लागि नागरिकता नै चाहिन्छ भन्ने होईन । एनआरएन परिचयपत्र भए पुग्छ । जोसुकैलाई नागरिकता दिएर नागरिकताको मानमर्दन गर्ने र विशेषता फेर्नु ठिक होइन ।
वैबाहिक अंगिकृत नागरिकता त्यति सजिलै दिने व्यवस्था कायमै राख्नु गलत हो । केहि बर्ष पछि दिने प्रावधान उचित हुन्छ । यसमा विवाह गरेको केही बर्षको अन्तरमा दिने व्यवस्था राख्नुपर्दछ । छिमेकी राष्ट्रहरुमा वा अन्तराष्ट्रिय चलनहरुको कारणले पनि केही बर्षे प्रावधान राख्नु उचित हुन्छ । संसारका धेरै देशहरुले वैबाहिक अंगिकृत नागरिकताका लागि केहि समयको शर्त राख्ने गरेको पाउन सकिन्छ ।
नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगाना नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिनेू भन्ने प्रावधान घातक देखिन्छ । मानव अधिकारको दृष्टिकोणले सही देखिए पनि हाम्रो भौगोलिक अवस्थितिको आधारमा यो ज्यादै जोखिमपूर्ण व्यवस्था हो । खुला सिमाना भएको हिसाबले नियोजित रुपमै यहि प्रावधानको आधारमा हामी नै अल्पसंख्यक हुने गरी पितृत्व र मातृत्वको ठेगाना नभएका नाबालकहरु उत्पन्न हुन सक्छन ।

स्रोत : सिम्रिक आवाज

No data was found

सम्बन्धित खवर

धार्मिक पर्यटकीय स्थलहरुको पूर्वाधार निर्माणमा सवै पक्षको सहयोग आवश्यक —प्रदेश प्रमुख खापुङ्ग

बेल्टारमा दुव्र्यसनी रोक्न एक महिने सचेतना अभियान सञ्चालन

त्रियुगाको चौधौं नगरसभा सम्पन्न

उदयपुर र खोटाङ्ग जोडियो अस्थायी बेलिब्रिज निर्माणको काम सम्पन्न

चौदण्डीगढीको किल्लामा राष्ट्रिय झण्डा फहराउदै पदयात्रा सम्पन्न

हायसको ठक्करबाट पैदल यात्रीको मृत्यु

उदयपुरको बेलका ९ मा माओवादीका भरत घिमिरे विजयी

त्रिनपा १२ मा नेकपा माओवादीका उम्मेदवार नविनकुमार राई विजयी

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित