त्रियुगा न्यूज भदौ १५ ।
तत्कालिन नेकपा एमालेबाट बिद्रोहगरी नेकपा एकिकृत समाजवादी नामको नयाँ पार्टी गठन गरेको सो पार्टीको उदयपुरको त्रियुगा नगर कमिटिको नेतृत्व नै शुक्रवार नेकपा एमालेमा समाहित भएको छ ।
नेकपा एकिकृत समाजवादी नामको नयाँ पार्टीले नेकपा एमालेसँग बिद्रोह गर्नुको राजनैतिक औचित्य पुष्टि गर्न नसकेको भन्दै जिल्ला कमिटि सदस्यसमेत रहनुभएका त्रियुगा नगर कमिटिका अध्यक्ष जनार्दन रेग्मी सहित १० जना नेता कार्यकर्ताले नेकपा एकिकृत समाजवादी परित्याग गरी आप्mनो पुरानै मूलघर नेकपा एमालेमा फर्किएको बताउनुभएको छ ।
शुक्रवार साँझ गाईघाटस्थित आएल होटलको सभा हलमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य अमिबका थापालाई विज्ञप्ति बुझाउदै आपूmहरु पुरानै पार्टीमा समाहित भएको बताउनुभएको हो ।
उहाँले नेकपा एकिकृत समाजवादी पार्टी घोर दक्षिणपन्थी अवसरवादी पार्टीको वैशाखी टेकेर गएको आम निर्वाचनमा अपवित्र गठबन्धन गरी शिध्दान्तलाई नै तिलान्जली दिएर आम ईमान्दार कार्यकर्तालाई भोट हाल्न लगाएर घोर अपराध गरेको निष्कर्षकासाथ उक्त पार्टी परित्याग गरी एमालेमा समाहित भएको बताउनुभएको छ ।
रेग्मीसँगै सो पार्टी परित्याग गर्नेहरुमा त्रियुगा नगर कमिटिका प्रचार विभाग प्रमुख दिप वस्नेत, त्रियुगा नगर कमिटिका सचिवालय सदस्यहरु क्रमस धुर्बराज कार्की,निर्मल रेग्मी,राजकुमार थापा,उदय कार्की तथा नगरकमिटी सदस्यहरु प्रसान्त वस्नेत,सुनिल पौडेल,मिना राय र अनेरास्ववियू जिल्ला कमिटी सदस्य सूनिता विक हुनुहुन्छ ।
यता नेकपा एकिकृत समाजवादी पार्टी उदयपुरका पूर्व अध्यक्ष राममणी पोखरेलले पार्टीको आचरण विपरित गतिविधिहरु सञ्चालन गरीरहेको पाइएकोले नगर कमिटीको अध्यक्षको जिम्मेवारीमात्र हैन पार्टीको साधाराण सदस्य बाटनै रेग्मीलाई निस्काशन गरिकसकेको हुनाले यो कुनै नयाँ कुरा नभएको बताउनुभयो । उहाँले बहुदलीय ब्यवस्थामा मानिसहरुले पार्टी अदली बदली गरिरहने भएकोले यस्ता घटनालाई आपूmले स्वभाविक र सामान्य रुपमा लिएको बताउनुभयो ।