बजार मूल्य नपाएको भन्दै कालिमाटीमा ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकियो

काठमाडौं। बजार मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारमा व्यवासयीहरुले गोलभेंडा सडकमा फ्याकेर बिरोध जनाएका छन्। आज (आईतबार) गोलभेंडा व्यवसायीहरुले बजारमा खपत नभएको तथा बजार मूल्य नपाएको भन्दै सडकमा गोलभेंडा फ्याकेका हुन्। नेपालमा उत्पादित गोलभेंडाको खपत कम भएको र मूल्य पनि नपाइएको भन्दै आईतवार किसानहरुले गोलभेंडा फ्याँक्न बाध्य भएको गोलभेंडा उत्पादक कृषक बरुणबहादुर रोक्काले बताउनुभयो। उहाँले सरकारले किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुहरुको मूल्य तोकेर सहुलियतमा उपभोक्ताले पाउनुपर्ने बताउनुभयो।

कृषक रोक्काले कालिमाटी बजारमा व्यवसायीहरुले किसानसँग ८ रुपैयाँ किलो किन्ने र बजारमा उपभोक्तालाई ४० रुपैयाँमा बेच्न नहुने बताउनुभयो। उहाँले सरकारले किसानले पाउने मूल्य र उपभोक्ताले खरिद गर्ने मूल्य तोक्न नसक्नुले विकृति भइरहेको बताउनुभयो। कालिमाटी तरकारी बजारमा किसानहरुले तीन,चार सय क्रेट जति गोलभेंडा सडकमा फ्याकेका थिए। किसानहरुले करिब ३० हजार किलो गोलभेंडा कालीमाटी बजारको गेट, भित्री सडक र बजारमा फ्याँकिएको छ। फ्याँकिएका गोलभेंडा रामकोट, नागार्जुन, थानकोट,भत्तपुर लगायत क्षेत्रमा फलेका गोलभेंडा हुन्।

बिज्ञापन

स्रोत : सिम्रिक आवाज

सम्बन्धित खवर

सूर्य किरणको १७ औ संस्करण सम्पन्न

कोशीकलि र कुशाहाकलिसँगै सहजाएकाछन पुष्पा र अञ्जली

रक्षा सम्वाददाता अभिमुखिकरण कार्यक्रम शुरु

प्रधान सेनपति शर्माद्वारा छात्रबृत्ति प्रदान

लागूऔषध नियन्त्रणका लागि ‘एमडिआई’ अभियान सुरु पहिलो दिन नै ५२ जनाले छोडे लागूऔषधको सेवन

उदयपुरमा स्कूल बस दुर्घटना तीनको मृत्यु ३६ घाईते

नेपाल र भारत संयुक्त सैनिक अभ्यास तालिम सूर्यकिरणको १७ औ संस्करण शुरु

भुकम्प पिडितलाई राहत लिएर नगरप्रमुखको टोली जाजरकोट प्रस्थान

गाईघाटमा छठ पूजाको रौनक फोटो फिचर

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित