GT20 : जन्मदिनको दिन सन्दिपको प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन

क्यानडामा जारि ग्लोबल टि-२० क्यानडा लिग अन्तर्गत आजै आफ्नो जन्मदिन मनाइरहेका नेपाली लेग स्पिनर सन्दिप लामिछानेले मिसीसागा प्यान्थर्स विरुद्ध जारि खेलमा शानदार बलिंग प्रदर्शन गरेका छन्।

सिजनकै उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा सन्दिपले ४ ओभरमा मात्र ६ रन खर्चेर ३ विकेट लिए।

बिज्ञापन

इनिङ्ग्सको आठौँ ओभरमा बलिंग सुरुवात गरेका सन्दिपले पहिलो ओभरमा मात्र १ रन खर्चेर २ विकेट लिए। ओभरको पाँचौ बलमा उनले उत्कृस्ट लयमा रहेका पाकिस्तानी ब्याट्सम्यान आजम खानलाई स्लिपमा क्याच आउट पारे। लगत्तै बलमा उनले टम कुपरलाई गुग्ली गर्दै एलबिडब्लु पारे।

दशौँ ओभरमा आफ्नो दोश्रो ओभर गर्ने क्रममा सन्दिपले कसिलो बलिंग गर्दै मात्र ३ रन खर्चिए। बाह्रौं ओभरमा तेश्रो ओभर गर्ने क्रममा उनले मात्र १ रन खर्चिए।

चौधौं ओभरमा स्पेलको अन्तिम ओभर गरेका सन्दिपले ओभरको चौंथो बलमा जहुर खानलाई गुग्ली गर्दै एलबिडब्लु पारे। ओभरमा उनले मात्र ५ रन खर्चेर १ विकेट लिए।

लिग अन्तर्गत नेपाली स्पिनरले ६ खेलमा १० विकेट लिईसकेका छन् र सर्वाधिक विकेटकर्ताको सुचीमा तेश्रो स्थानमा छन्।

अघिल्लो खेलमा ब्राम्प्टन वुल्भ्स विरुद्ध विकेटविहिन रहेका उनले त्यस अघि मिसीसागा प्यान्थर्स विरुद्ध ३ विकेट लिएका थिए। उनले पहिलो खेलमा मोन्टरियल टाइगर्स विरुद्ध तथा तेश्रो खेलमा टोरोन्टो नेसनल्स विरुद्ध २/२ विकेट लिएका थिए |

स्रोत : सिम्रिक आवाज

No data was found

सम्बन्धित खवर

चौदण्डीगढीका दृष्टिविहीन विद्यार्थीलाई ब्रेल लिपिका शैक्षिक सामग्री प्रदान

जेष्ठ नागरिकका लागि वडा वडामा स्वास्थ सिविर सञ्चालन

सार्वजनिक विषयमा महत्वपूर्ण निर्णय गर्दै कांग्रेस एमाले संयन्त्रको बैठक सम्पन्न

उदयपुरमा जन्ति बोकेको बस र मिनिट्रक ठोकिदा एकको मृत्यु पाँच घाईते

नेपालको आर्थिक विकासमा भारतको ठूलो सहयोग— नियोग उपप्रमुख श्रीवास्तवल

सामुदायिक विद्यालयलाई मोतियाही सावउसद्वारा १५ लाख सहयोग

उदयपुरमा राइड टु कोशी–२०८१’ कार्यक्रम आयोजना गरिने

सेवा प्रवाहमा उदयपुर जिल्ला अस्पताल उत्कृष्ट

धार्मिक पर्यटकीय स्थलहरुको पूर्वाधार निर्माणमा सवै पक्षको सहयोग आवश्यक —प्रदेश प्रमुख खापुङ्ग

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित