“शिक्षाको विकास र विद्यार्थी जिवनमा संगठनको ”

सिकाई मानिसको जिवनमा जन्मबाट नै सुरु हुन्छ । सबै मानिसहरुले प्रत्येक पाईला पाईलामा नयाँ कुराहरु सिकिरहेका हुन्छन् र बुझिरहेका हुन्छन् । विद्यार्थी जिवनमा प्रवेशिका परीक्षा पास गरेपछि सबैले उच्च शिक्षा हासिल गर्नकै लागि कुनै र कुनै कलेज वा विश्व विद्यालयमा अध्ययनका लागि भर्ना हुन्छन् । हरेक विद्यार्थीको फरक फरक सपना बोकेर उच्च शिक्षा हासिलका लागि मेहनत गर्छन भने अभिभावकहरुले मेरो छोरा यस्तो बनोस, छोरी यस्तो बनोस् भनेर आशा र अपेक्षा गरेका हुन्छन् । हाम्रा बाबा आमाहरुको चाहना हुन्छ कि मेरो छोरा अथवा मेरो छोरीले राम्रोसँग उच्च शिक्षा हासिल गर्यो भने पछि दुख सुखमा साथ दिनेछन्, हामीलाई बुढेसकालमा दुखका दिन आउनेछैनन् भन्ने कुरा सबैका अभिभावकहरुको मन मनमा यस्तै यस्तै कुराहरु खेलिरहेका हुन्छन । हामी जति धेरै शिक्षा हासिल गर्दै जान्छौ त्यति नै धेरै ज्ञान हामीले प्राप्त गर्दै जानेछौं । हामीले सिक्दै जाने क्रममा अथवा भनौं उच्च शिक्षा हासिल गर्दै गर्दा वुवा आमाले गरेको अपेक्षालाई ध्यानमा राख्दै वहाँहरुले सजाएको सपनालाई साकार पार्दै सुनौलो भविष्य निर्माणको लागि आइलाग्ने चुनौती र समस्याहरुको समाधान गर्न सिक्नु पर्दछ र त्यसपछि प्राप्त हुने अवसरका संभावनाहरु हामीले गुमाउनु हुँदैन ।

अर्काेतर्फ मान्छेले अचेल पढेर पनि काम नपाएपछि नेपालको शिक्षा नै खत्तम भन्ने गरेको सुनिन्छ । त्यतिमात्रै होइन युवा पिडीमा त अझै किन पढ्न प¥यो, पढेर हात्ति ठूलो भएको हो र ? पहिला पशिलाका बुढा पुरानाले नपढेर पनि जीवन गुजार गरेकै छन्, धन आर्जन गरेकै छन जस्ता अपवादका कुराहरुले पनि कतिपय विद्यार्थीहरुको मन विग्रिएको छ । त्यस्तो हुनुको कारण बजारले मागेको विज्ञापनमा आफूले प्रतिस्पर्धा गर्न नसकेपछि शिक्षालाई नै दोष दिनु हो । कसैले कुनै काम बिगारे वा भनेजस्तो गर्न सकेनन् भने पनि राम्रो शिक्षा भए पो गर्न सक्थ्यो वा गर्न सक्थी भनी आलोचना सुन्न पाइन्छ । तर पनि स्कुल, कलेजका शिक्षा सुचारु नै छन् र यही शिक्षाबाट प्रगति गर्नेहरूको बाटो भने रोकिएको छैन । एक वर्षमा झन्डै एक हजार डाक्टर अनि त्यतिकै संख्यामा इन्जिनियर उत्पादन हुन थालिसकेका छन् र तिनको क्षमतामा प्रश्न गर्ने ठाउँ छैन । त्यसो भए शिक्षाको दोष कहाँ छ त ? प्रचलित प्रणालीलाई सघाउ नपु¥याउने अनि नानाभांँती कुरा गरेर शिक्षा खराब भो भन्न मिल्छ ? के कलेजको डिग्री हात पर्नासाथ सबैले रोजगारी पाएमात्र त्यो शिक्षा काम लाग्ने, नभए काम नलाग्ने हो त ?

बिज्ञापन

त्यसो भए संसारकै शिक्षा काम नलाग्ने भयो । किनभने कलेजको डिग्रीको आधारमा मात्र संसारको कुनै पनि कुनामा सबैले रोजगारी पाउनै सक्दैनन् र पाएका पनि छैनन् । यसर्थ शिक्षा आर्जन गर्नुको साथसाथै शिप र ब्यवहारिक ज्ञान पनि संगसंगै सिक्दै जानुपर्ने हुन्छ । हामीले सिक्ने भनेको नै विद्यार्थी जिवनमा हो । यो विद्यार्थी जिवनमा नसिकेको कुरा हामी जति उमेर ढल्दै जान्छ त्यति सिक्न गा¥हो हुने गर्दछ । शिक्षा साधनमात्र हो, साध्य होइन । अचेल धेरै मान्छेहरूले यसलाई साध्य मान्न थालेकाले पनि शिक्षा प्रणालीको आलोचना बढ्न थालेको देखिन्छ । कुनै पनि मुलुकको शिक्षा काम नलाग्ने भन्ने हुँदै हुँदैन । त्यसलाई काम लाग्ने वा नलाग्ने बनाउने त हाम्रो खुबीमा निर्भर रहन्छ । सबै कुरा शिक्षालाई नै दोष दिने

स्रोत : सिम्रिक आवाज

No data was found

सम्बन्धित खवर

जेष्ठ नागरिकका लागि वडा वडामा स्वास्थ सिविर सञ्चालन

सार्वजनिक विषयमा महत्वपूर्ण निर्णय गर्दै कांग्रेस एमाले संयन्त्रको बैठक सम्पन्न

उदयपुरमा जन्ति बोकेको बस र मिनिट्रक ठोकिदा एकको मृत्यु पाँच घाईते

नेपालको आर्थिक विकासमा भारतको ठूलो सहयोग— नियोग उपप्रमुख श्रीवास्तवल

सामुदायिक विद्यालयलाई मोतियाही सावउसद्वारा १५ लाख सहयोग

उदयपुरमा राइड टु कोशी–२०८१’ कार्यक्रम आयोजना गरिने

सेवा प्रवाहमा उदयपुर जिल्ला अस्पताल उत्कृष्ट

धार्मिक पर्यटकीय स्थलहरुको पूर्वाधार निर्माणमा सवै पक्षको सहयोग आवश्यक —प्रदेश प्रमुख खापुङ्ग

बेल्टारमा दुव्र्यसनी रोक्न एक महिने सचेतना अभियान सञ्चालन

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित