देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको प्रशासनिक भवन शिलान्यास

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका वडा नं ८ विशालनगरमा लुम्बिनी बौद्ध विश्वविद्यालयको प्रशासनिक भवन शिलान्यास गरिएको छ। रुपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले एक कार्यक्रमका बीच बौद्ध विश्वविद्यालयको विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकायको शैक्षिक एवं प्रशासनिक भवनको शिलन्यास गर्नुभएको हो।

बिज्ञापन

र्यक्रममा बोल्दै विश्वकर्माले जनताको अपनत्व र स्वामित्व रहनेगरी कामलाई अगाडि बढाउनुपर्ने बताउनुभयो। उहाले विश्वविद्यालयको मर्म अनुरुप काम गर्न आग्रह गर्नुभएको थियो। प्रतिनिधीसभा सदस्य विश्वकर्माले भौतिक निर्माणसँगै समयअनुकुल शिक्षा प्रवाहका लागि सिंगो विश्वविद्यालय परिवार दत्तचित्त भएर लाग्नु पर्ने बताउनुभयो। उहाले आजबाट विश्वविद्यालयको भवन निर्माणको काम सुरु भएको भन्दै तोकिएको समयमै काम सम्पन्न गर्न आग्रह समेत गर्नुभयो

कार्यक्रममा बोल्दै पुर्व उपकुलपति डा.नरेशमान बज्राचार्यले देवदहमा बिश्वविद्यालय आईसकेपछि शिक्षाको पहिचानबाट छुट्टै देवदहको पहिचान बन्ने गरी अन्यत्र पढाई नहुने विषय यहाँ पढाउनु पर्ने बताउनुभयो। यो कार्यमा स्थानीय बासिन्दाले सहयोग सहकार्यले देवदहको विकास अब कहि कसैले रोक्न नसक्ने बताउनुभयो।

कार्यक्रममै बोल्दै देवदह नगरपालिकाको पुर्व नगर प्रमुख हिरा बहादुर खत्रीले यो महत्त्वपूर्ण योजना देवदहमा बने संगै सामाजिक तथा आर्थिक रुपले सबल हुने बताउनुभयो। यसले लुम्बिनीसंग देवदहको विकासमा टेवा पुग्ने बताउनुभयो।

सोहि अवसरमा बोल्दै देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरी प्रसाद पाण्डेले गुणस्तरीय शिक्षा प्रवाह सबैको साझा उद्देश्य हुनुपर्ने बताउनुभयो

सो कार्यक्रममा भन्ते धम्य पिया, अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु सोहन, देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङ, तिलोत्तमा नगरपालिकाको नगर उप प्रमुख जागेश्वरी चौधरी, लुम्बिनी विकास कोषका कोषाध्यक्ष शिद्दिचरण भट्टराई, देवदह नगरपालिकाको नगर प्रवक्ता गणेश डुम्रे, वडा नं ९ का वडा अध्यक्ष मोहन जिसी, वडा नं ३ का वडा अध्यक्ष यज्ञ अर्याल लगाएतको आतिथ्यता रहेको थियो।

कार्यक्रम लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति तिलकराम आचार्यको अध्यक्षता र डिन उकेश राज भुजुको संचालनमा भएको थियो।

No data was found

सम्बन्धित खवर

हायसको ठक्करबाट पैदल यात्रीको मृत्यु

उदयपुरको बेलका ९ मा माओवादीका भरत घिमिरे विजयी

त्रिनपा १२ मा नेकपा माओवादीका उम्मेदवार नविनकुमार राई विजयी

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

उदयपुरमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

सिमेन्ट उद्योगका कर्मचारी तलव विहिन

कारको ठक्करबाट एकको मृत्यु तीन घाईते

विपन्न बालबालिकालाई पोसाक वितरण त्रियुगा न्युज

मोटरसाईकल दुर्घटनामा बाबुकोे मृत्यु दुई छोरा घाईते

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित