भक्तिविलास पोखरेल । गाईघाट
गाईघाट ४ फागुन । भारतीय दुतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले नेपालको शिक्षा स्वास्थ्य र खानेपानी जस्ता आधारभूत आवश्यक्ताकोे विकासमा भारत सरकारको अनवरत रुपमा आर्थिक सहयोग रहदै आएको बताउनुभएको छ ।
भारत सरकारको चार करोड ३३ लाख रुपियाँको आर्थिक सहयोगमा हालै निर्माण सम्पन्न गरिएको उदयपुरको वेलका नगरपालिका वडा नं १ पुरन्दहस्थित जनता वेलका माध्यमिक विद्यालय भवनको आइतवार एक समारोहकाबीच उद्घाटन गर्नुहुदै नियोग उपप्रमुख श्रीवास्तवले सो कुरा बताउनुभएको हो ।
सुविधा सम्पन्न शौचालयसहित २४ वटा कक्षा कोठाहरु रहेको तीनतले सो भवन निर्माण गर्न नेपालस्थित भारतीय दुतावास मार्फत भारत सरकारले सो परिमाणको रकम उपलब्ध गराएको हो । भवन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै नियोग उपप्रमुख श्रीवास्तवले नेपाल र भारतबीचको सम्वन्ध सदियौदेखि सुमधुर रहदै आएको बताउनुभयो ।
उहाँले आर्थिक,सामाजिक,साँस्कृतिक,धार्मिक र भौगोलिक हिसावले पनि नेपाल र भारतबीचको जस्तो खुला बोडरको सम्बन्ध विश्वका अन्य अरु कुनैपनि मुलुककाबीच नरहेकोले हामीबीचको आपसि सद्भाव र सहयोगहरु आदान प्रदान गर्ने परम्पराको आप्mनै किशिमको मौलिक विशिष्ठता रहेको बताउनुभयो ।
सो कार्यक्रममा उदयपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य एवम पूर्व परराष्ट्रमन्त्री डा.नारायण खड्काले नेपालको विकासमा भारत सरकारको ठूलो योदान रहेको बताउनुभयो । उहाँले भारत सरकारको सहयोगमा नेपालको शिक्षा,स्वास्थ्य र खानेपानी जस्ता आधारभूत आवश्यक्तका विषयमा मुलुकभर धेरै योजनाहरु हाल सञ्चालनमा रहेको बताउनुभयो ।
कार्यक्रममा वेलका नगरपालिकाका नगर प्रमुख अशोक कर्कीले कोशी कटानको जटिल समस्या अहिले पनि जस्ताको तस्तै रहेकोले यस्को निराकरणका लागि आश्यक सहयोग गरिदिन नियोग उपप्रमुख मार्फत भारत सरकारसँग आग्रह गर्नुभयो ।
यस अघि नियोग उपप्रमुख श्रीवास्तवले भारत सरकारकै चारकरोड ९१ लाख ४५ हजार रुपियाँको सहयोगमा सञ्चालित त्रियुगा नगरपालिका वडा नं ५ को श्रपिुरस्थित खानेपानी आयोजना र वडा न १० स्थित तीन करोड ४० लाख रुपियाँको निर्माणधीन बालमन्दिर माध्यमिक विद्यालय भवनको स्थलगत अवलोकन गर्नुभएकोथियो । सो क्रममा त्रियुगा नगरपालिको सभाहलमा नगरप्रमुख बसन्तकुमार वस्नेतले धन्यवाद ज्ञापन गर्नुभएकोथियो ।