सामुदायिक विद्यालयलाई मोतियाही सावउसद्वारा १५ लाख सहयोग

भक्तिविलास पोखरेल । गाईघाट
गाईघाट २५ माघ । उदयपुरका दुई छुट्टाछुट्टै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा बृध्दि र कक्षा स्तरन्नोति गर्ने उदेश्यले त्रियुगा नगरपालिका वडा नं २ स्थित मोतियाही सामुदायिक वन उपभोक्ता समुहले १५ लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।
सो सावउसले वन पैदवारबाट समुहमा जम्माहुन आएको रकममध्ये आप्mनो सेवा क्षेत्रभित्र रहेका र गरिव तथा विपन्न बालबालिकाहरु अध्ययन गर्ने स्थानीय जनता आधारभूत विद्यालय मोतियाही र लक्ष्मिपुर माध्यमिक विद्यालय पोर्ताहालाई सो परिमाणको रकम उपलब्ध गराएको हो ।
हाल कक्षा ८ सम्म मात्र अध्ययन हुदै आएको जनता आधारभूत विद्यालय मोतियाहीलाई अपग्रेड गरी आगामि शैक्षिक सत्र २०८२ बाट कक्षा ९ र अर्काे वर्ष १० सम्मको पठनपाठन गर्न थप सहयोग पुर्याउने उदेश्यले सो विद्यालयमा एक अक्षयकोष स्थापनार्थ १० लाख रुपियाँ दिइएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामश्रेष्ठ चौधरीले बताउनुभयो ।
यसैगरी सोहि विद्यालयमा विभिन्न कक्षामा अध्ययनरत ३५० जना अति विपन्न बालबालिकालाई चारलाख ५० हजार मूल्यको ट्र्याकसूट तथा न्यानो कपडा पनि वितरण गरीएको अध्यक्ष चौधरीले बताउनुभयो । सो अवसरमा विद्यालयको चेक बुभ्mदै प्रधानाध्यापक भोगनारायण अयादवले प्राप्त रकम अक्षय कोषमा जम्मा गरिने र त्यसबाट आउने ब्याजबाट मात्र विद्यालयको शिक्षण सिकाई क्रियाकलापमा खर्च गरिने बताउनुभयो ।
यसैगरी अर्काे आधारभूत विद्यालय कक्ष्मिपुर माविलाई विद्यालयमा साँङ्गितिक कार्यक्रमहरु सञ्चालनार्थ आवश्यक पर्ने विभिन्न वाध्यवादनका सामग्रीहरु किन्नको लागि ५० हजार रुपियाँको चेक दिइएको उहाँले बताउनुभयो । मोतियाही सामुदायिक वन उपभोक्ता समितिको नव निर्मित भवन उद्घाटन समारोहका अवसरमा ती दुई विद्यालयलाई उक्त सहयोग दिइएको हो ।
सैबीच २६ लाख ५९ हजार रुपियाँको लागतमा हालै निर्माण सम्पन्न भएको मोतियाही सामुदायिक वन उपभोक्ता समितिको नव निर्मित चारकोठे एकतले पक्कि भवनको डिभिजन वन कार्यालय गाईघाटका वन अधिकृत रामभक्त यादवले उद्घाटन गर्नुभएको छ ।
आफुनो स्थायी भवन नहुदा यस अघि असहज ढङ्गले कामकाज गर्दै आएकोमा भवन उद्घाटन भएपछि आजैबाट सो नव निर्मित भवनमार्फत सामुदायिक वन उपभोक्ता समितिको कार्यालय सञ्चालन गर्न शुरु गरिएको सो सावउसका कार्यालय सचिव प्रदिप पोखरेलले बताउनुभयो । आठसय घरधुरी उपभोक्ता रहेको सो सामुदायिक वनले आगामि २०८२ सालबाट आप्mना उपभोक्ताहरुको एक लाखको जीवन विमा गर्ने तयारी गरेको पनि कार्यालय सचिव पोखरेलले बताउनुभयो

No data was found

सम्बन्धित खवर

जेष्ठ नागरिकका लागि वडा वडामा स्वास्थ सिविर सञ्चालन

सार्वजनिक विषयमा महत्वपूर्ण निर्णय गर्दै कांग्रेस एमाले संयन्त्रको बैठक सम्पन्न

उदयपुरमा जन्ति बोकेको बस र मिनिट्रक ठोकिदा एकको मृत्यु पाँच घाईते

नेपालको आर्थिक विकासमा भारतको ठूलो सहयोग— नियोग उपप्रमुख श्रीवास्तवल

सामुदायिक विद्यालयलाई मोतियाही सावउसद्वारा १५ लाख सहयोग

उदयपुरमा राइड टु कोशी–२०८१’ कार्यक्रम आयोजना गरिने

सेवा प्रवाहमा उदयपुर जिल्ला अस्पताल उत्कृष्ट

धार्मिक पर्यटकीय स्थलहरुको पूर्वाधार निर्माणमा सवै पक्षको सहयोग आवश्यक —प्रदेश प्रमुख खापुङ्ग

बेल्टारमा दुव्र्यसनी रोक्न एक महिने सचेतना अभियान सञ्चालन

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित