उपत्यकामा आधा करोड बढीको नक्कली नोट बरामद; गहिरोमा संग्लन नौ जना प्रकाउ

उपत्यकाको काठमाडाैं र भक्तपुर जिल्ला बाट ५२ लाख ७५ हजार एक हजार दरका नक्कली नोटसहित नौ जना पक्राउ परेका छन् ।काठमाडौं प्रहरी परिसरले शुक्रवार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

साउन २५ गते बिहीवार (हिजो) लु १ प ५ नम्बरको पर्यटक बसलाई नाकढुंगा चेकपोष्टमा चेकजाँच गर्ने क्रममा डिक्कीमा चाउचाउको कार्टुनमा प्याक गरी राखिएकोे अवस्थामा सो नक्कली नोट बरामद गरिएको परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

बिज्ञापन

त्यसपछि सो बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधुपुछ गर्दै जाने क्रममा बालाजु बसपार्क र भक्तपुरको बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार रुपैँया हजार दरका नक्कली नोट बरामद गरिएको थियो ।

एसएसपी कार्कीले भने, ‘उनीहरुबाट ५२ लाख ७५ हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको छ । उनीहरुलाई मुद्रा कसुरमा मुद्दा दायर गरिनेछ ।’

सिन्धुपाल्चोकका अर्जुन सुवेदीको डेराबाट सो नक्कली नोट बरामद गरिएको थियो । सो नक्कली नोटको कारोबारमा सिन्धुपाल्चोकका अर्जुन सुवेदी, सुशील कार्की, मिलन भण्डारी, शिव भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली रहेकी छन् । उनीहरुलाई मुद्रा कसुर अन्तरगत मुद्दा चलाउने पनि प्रहरीले जनाएको छ ।

स्रोत : सिम्रिक आवाज

No data was found

सम्बन्धित खवर

जेष्ठ नागरिकका लागि वडा वडामा स्वास्थ सिविर सञ्चालन

सार्वजनिक विषयमा महत्वपूर्ण निर्णय गर्दै कांग्रेस एमाले संयन्त्रको बैठक सम्पन्न

उदयपुरमा जन्ति बोकेको बस र मिनिट्रक ठोकिदा एकको मृत्यु पाँच घाईते

नेपालको आर्थिक विकासमा भारतको ठूलो सहयोग— नियोग उपप्रमुख श्रीवास्तवल

सामुदायिक विद्यालयलाई मोतियाही सावउसद्वारा १५ लाख सहयोग

उदयपुरमा राइड टु कोशी–२०८१’ कार्यक्रम आयोजना गरिने

सेवा प्रवाहमा उदयपुर जिल्ला अस्पताल उत्कृष्ट

धार्मिक पर्यटकीय स्थलहरुको पूर्वाधार निर्माणमा सवै पक्षको सहयोग आवश्यक —प्रदेश प्रमुख खापुङ्ग

बेल्टारमा दुव्र्यसनी रोक्न एक महिने सचेतना अभियान सञ्चालन

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित