त्रियुगाको चौधौं नगरसभा सम्पन्न

त्रियुगा न्युज
गाईघाट, १ माघ । संसोधित पुरक बजेट र दर्जन बढि विधेयकहरु सर्वसहमत रुपमा पारित गर्दै उदयपुरको त्रियुगा नगरपालिकाको १४ औ नगरसभा सम्पन्न भएको छ । १३ औ नगरसभाले पारित गरेका नीति तथा कार्यक्रहरुलाई कार्यान्वयन र नगरको भावि कार्यदिशा तय गर्नु सभाको मूल उदेश्य रहेको नगरप्रमुख बसन्तकुमार वस्नेतले बताउनुभयो ।
नगरप्रमुख वस्नेतका अनुसार १३ औ नगरसभाले चालु आर्थिक वर्षकोलागि प्रस्तुत गरेको अनुमानित कूल बजेट तथा कार्यक्रमहरु प्राप्त श्रोत साधनहरुको आधारमा कार्यान्वयन गर्दै जादा आई परेका चुनौति र कठिनाईहरुलाई छिचोल्न आवश्यक्ता अनुसार यो सभाबाट पूर्व विनियोजित केहि बजेट तथा कार्यक्रमहरु संसोधन गरिएको हो ।
त्रियुगा नगरपालिकाको सभा हलमा आयोजित नगरसभालाई सम्बोधन गर्नुहुदै नगर प्रमुख बस्नेतले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने उदेश्यले विभिन्न कार्यक्रहरु सञ्चालनमा ल्याइएको हो भन्नुभयो । उहाँले शिक्षक दरबन्दी मिलान,सवै सामुदायिक विद्यालयमा अंग्रजी र नेपाली माध्यमबाट पठनपाठनको ब्यवस्था,सातामा एक दिन बुक फ्रि डे घोषण गरी बालबालिकालाई अतिरिक्त क्रियाकलापमा सहभागि गराएर शिक्षाको सर्वाङ्गिण विकासका लागि हरेक वर्ष नियमित रुपमा मेयर रनिङ्गशील्ड खेलकुद प्रतियोगिता गराउदै आएको बताउनुभयो ।
यसैगरी आपूm निर्वाचित भएर आएको दुई वर्षभन्दा बडि समय ब्यतित हुदै गर्दा यस नगरपालिकाले स्वास्थ्य क्षत्रमा उल्लेखनीय रुपमा काम गरेको छ भन्नुभयो । उहाँले आम नागरिकहरुको स्वास्थ्य उपचारमा सहजता पुर्याउन नगरपालिकाले जिल्ला अस्पताल उदयपुरलाई वाषिृक करोडभन्दा बडि आर्थिक र मानवीय जनशक्तिसमेतको सहयोग गर्दै आएको छ भन्नुभयो । यसैगरी वडा नं ५ देउरी बजारमा यसै वर्षदेखि नगर अस्पताल सञ्चालनमा ल्याइएको छ भन्नुभयो ।
नगरप्रमुख बस्नेतले आप्mनो कार्यकालमा आन्तरिक सडकहरु कालोपत्रे गर्ने कार्यलाई उच्च प्राथमिक्तामा राखेर काम गरिरहेको उल्लेख गर्नुहुदै विश्वबैंकको आर्थिक सहयोगमा गाईघाट बजारक्षेत्रको करिव १५ किलोमिटर कच्चि सडकमा आधुनिक डिजाइनको कालोपत्रे सडकको निर्माण कार्य जारी रहेको बताउनुभयो ।
सोही नगरसभालाई सम्बोधन गर्नुहुदै नगर उपप्रमुख महेश्वरी राईले नगरको विकास र समृध्दिलाई हामी सवैको साझ स्वार्थ बनाएर अगाडि बढ्नुनै अहिलेको आवश्यक्ता हो भन्नुभयो । उहाँले त्रियुगा नगरवासिहरुको विकास र समृध्दिको चाहनालाई पुरा गर्नु आपूmहरुको दायित्तो भएकोले आगामि दिनमा अझ पारदर्शिता,जवाफदेहिता,सहज र प्रभावकारी सेवा प्रवाह,श्रोत साधनको समुचित बवस्थापन तथा आपसि समन्वय सहकार्य गर्दे आगामि दिनमा अगाडि बड्ने बताउनुभयो ।

No data was found

सम्बन्धित खवर

चौदण्डीगढीका दृष्टिविहीन विद्यार्थीलाई ब्रेल लिपिका शैक्षिक सामग्री प्रदान

जेष्ठ नागरिकका लागि वडा वडामा स्वास्थ सिविर सञ्चालन

सार्वजनिक विषयमा महत्वपूर्ण निर्णय गर्दै कांग्रेस एमाले संयन्त्रको बैठक सम्पन्न

उदयपुरमा जन्ति बोकेको बस र मिनिट्रक ठोकिदा एकको मृत्यु पाँच घाईते

नेपालको आर्थिक विकासमा भारतको ठूलो सहयोग— नियोग उपप्रमुख श्रीवास्तवल

सामुदायिक विद्यालयलाई मोतियाही सावउसद्वारा १५ लाख सहयोग

उदयपुरमा राइड टु कोशी–२०८१’ कार्यक्रम आयोजना गरिने

सेवा प्रवाहमा उदयपुर जिल्ला अस्पताल उत्कृष्ट

धार्मिक पर्यटकीय स्थलहरुको पूर्वाधार निर्माणमा सवै पक्षको सहयोग आवश्यक —प्रदेश प्रमुख खापुङ्ग

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित