भक्तिविलास पोखरेल
गाईघाट,मङ्सिर २२ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १० स्थित गाईघाट दिक्तेल सडकको बोक्से खण्डमा शनिवार विहान हायस गाडिको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक राजन चापागाईका अनुसार बोक्सेबाट काठमाडौ जाने यात्रुहरु लिएर गाईघाट तर्फ आउदै गर्दा कोष तथा लेखा नियन्त्रण कार्यालय अगाडिको सडकमा मोर्निङ्ग वाकमा हिन्दै गरेका पैदल यात्री त्रियुगा नगरपालिका वडा नं ११ चप्पन निवासि ५६ वर्षिय परणशेर राईलाई ठक्कर दिदा उहाँको घटनास्थमै मृत्यु भएको हो ।
सडकमा मानिसलाई मारेर सरासर काठमाडौतिर भाग्दै गरेको हायास गाडी र चालक रुद्रवहादुर पौडेललाई गाईघाट कदमाहा सडकखण्डको जलजलबाट प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहिका लागि थप अनुसन्धान अगाडि बडाइएको र मृतकको शव पोष्टमार्टमका लागि उदयपुर जिल्ला असपतालमा राखिएको प्रनाउ चापागाईले बताउनुभयो ।