भक्तिविलास पोखरेल । गाईघाट
गाईघाट मङ्सिर १७ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को वडा अध्यक्ष पदका लागि आईतवार सम्पन्न भएको उपनिर्वाचनमा नेकपा माओवादी कन्द्रका उम्मेदवार विजयी हुनुभएको छ ।
उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपककुमार खरेलका अनुसार नेकपा माओवादी कन्द्रका उम्मेदवार नविनकुमार राईले नौसय २३ मत प्रापत गरी वडा अध्यक्ष पदमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका लक्ष्मिनारायण चौधरीले छसय आठ मत प्रापत गर्नुभएको छ ।
उता वेलका नगरपालिका वडा नं ९ को वडा अध्यक्ष पदको मत गणना भने विवादका कारण राती १२ बजेदेखि स्थगित भएको छ । चारसय मत गणना गर्दा १६८ मत बदरभएपछि उम्मेदवारका प्रतिनिधिहरुबिच विवादहुदा गणना स्थगित भएको हो । विवाद समाधानका लागि सोमवार विहान ७ बजे सर्वदलीय बैठक बोलाइएको उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो ।