गाइभैसिमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न देवदह नगरपालिकाको सक्रियता

देवदह // रुपन्देहीको देवदह नगरपालिकाले गाईभैसीमा देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रण गर्न सक्रियता देखाएको छ। सोमबार बिहान बसेको नगरपालिकाको विशेष बैठकले केन्द्र सरकारसंग खोप माग गर्ने लगायतका पाँच निर्णय गरेको छ।

देवदह नगरपालिकाको कार्यवाहक नगर प्रमुख बिद्यालक्ष्मी गुरुङज्युको अध्यक्षतामा , प्रमुख प्रसासकिय अधिकृत , वडा अध्यक्षहरु, पशु स्वास्थ्य शाखा प्रमुख , पशु प्राबिधिकहरु सहितको आकस्मिक बैठक बसेर पशुमा देखिएको लम्पी स्किन रोग रोकथाम तथा नियन्त्रणको लागि छलफल सप्पन्न भएको गरेको हो।

बिज्ञापन

बैठक बाट तपशिल बमोजिमको निर्णय भएको छ
१. लम्पी स्किन रोगले देवदहमा पशुपालक किसानलाई पारेको प्रभाव हालसम्म मरेका गाई संक्रमणमा परेका गाइको संख्या तिनको अवस्था रिपोर्टिङ सहित पशुलाइ तत्काल खोपको ब्यवस्था गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने

२.लम्पी स्किन रोग सम्बन्धि पशुपालक किसानलाई जनचेतना जगाउने
३. लम्पी स्किनबाट गाई भैसिलाइ जोगाउन प्राथमिक उपचारको लागि जोरोको लागि सिटमोल,घाउमा लगाउने मलम र दुखाइ कम गर्ने पेन्किलर पशुशाखा बाट निशुल्क उपलब्ध गराउने

४. वडागत रुपमा गाइ भैसिमा देखिएको समस्याको दैनिक रिपोर्टिङ पशुशाखामा गर्न किसानहरुमा अनुरोध गर्ने, रोग नियन्त्रणको लागि जनप्रतिनिधि पुर्णरुपमा परिचालन हुने निर्णय भएको छ।
५. आज नै १२ वटै वडा समितिको बैठक गरेर पशुपालक किसान माझ जनचेतनामूलक कार्यक्रम लिएर घर घरमा पुग्ने निर्णय भएको छ।

स्रोत : सिम्रिक आवाज

सम्बन्धित खवर

सूर्य किरणको १७ औ संस्करण सम्पन्न

कोशीकलि र कुशाहाकलिसँगै सहजाएकाछन पुष्पा र अञ्जली

रक्षा सम्वाददाता अभिमुखिकरण कार्यक्रम शुरु

प्रधान सेनपति शर्माद्वारा छात्रबृत्ति प्रदान

लागूऔषध नियन्त्रणका लागि ‘एमडिआई’ अभियान सुरु पहिलो दिन नै ५२ जनाले छोडे लागूऔषधको सेवन

उदयपुरमा स्कूल बस दुर्घटना तीनको मृत्यु ३६ घाईते

नेपाल र भारत संयुक्त सैनिक अभ्यास तालिम सूर्यकिरणको १७ औ संस्करण शुरु

भुकम्प पिडितलाई राहत लिएर नगरप्रमुखको टोली जाजरकोट प्रस्थान

गाईघाटमा छठ पूजाको रौनक फोटो फिचर

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित