त्रियुगा न्युज
गाईघाट भदौ २२ । निजामती सेवा दिवस जिल्ला समारोह समिति उदयपुरको आयोजनामा विविध कार्यक्रम गरी शनिवार गाईघाटमा निजामती सेवा दिवस २०८१ मनाईएको छ । व्यवसायिक र सृजनशील प्रशासन, विकास, समृद्धि र सुशासन भन्ने मुल नाराकासाथ सो दिवस मनाईएको हो ।
कर्मचारी मिलन केन्द्र उदयपुर र जिल्लामा क्रियाशिल निजामती सेवा ट्रेड युनियनहरुको सहकार्यमा विहान प्रभातफेरी तथा दिउँसो बृक्षारोपण र कर्मचारी सम्मान कार्यक्रम गरेर दिवस मनाइएको निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष पुन्यप्रसाद पौडेलले जानकारी दिनुभयो ।
जिल्ला स्थित सबै कार्यालयका निजामती कर्मचारीहरु बोक्से स्थित कर्मचारी मिलन केन्द्रमा भेला भई गाईघाट बजारमा प्रभातफेरी गरिएको थियो । दिउसो निजामती पार्क त्रिनपा १३ बेहड्वामा बृक्षारोपणको साथै २०८०÷२०८१ सालमा निजामती सेवाबाट अवकास पाउने २९ जना कर्मचारीलाई सम्मान गरिएको हो ।
२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको स्मरणमा २०६१ सालदेखि सरकारले निजामती सेवा दिवस मनाउने गरेको हो ।