देवदह // देवदह व्यापार संघले १० औँ स्थापना दिवसका अवसरमा छात्रवृत्ति प्रदान तथा बृहत रक्तदान कार्यक्रम-२०८० सम्पन्न गरेको छ। रक्तदान जीवनदान, महादान नाराका साथ देवदह व्यापार संघले आफ्नो १० औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति प्रदान तथा बृहत रक्तदान कार्यक्रम गरेको हो।
बिज्ञापन
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको नगर प्रमुख ध्रुव प्रसाद खरेलले संघलाई १० औं स्थापना दिवसको शुभकामना दिदै संघले उद्योगी व्यापारीको हकहितका लागि स्थापित संस्था भए पनि थुप्रै सामाजिक कार्य नियमित गर्दैै आएकोमा संघलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।
बिहिवार सेभेन स्टार ई.बो स्कुलको प्राङ्गणमा भएको बृहत रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको संघले जनाएको छ।
स्रोत : सिम्रिक आवाज
भिजिटर संख्या : 362