मुलुकको विकास र समृद्धिकालागि एमाले कांग्रेसबीच सहकार्य ः—मुख्यमन्त्री कार्की

त्रियुगा न्युज
गाईघाट साउन ५ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा स्थिर सरकारको निर्माण गरेर देशमा विकास र समृद्धिको आधार निर्माण गर्न नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता सहकार्य भएको बताउनु भएको छ । मुख्यमन्त्री कार्कीले शनिबार उदयपुरको चौदण्डीगढी नगरपालिकामा वडा नं ४ बसाहामा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सो कुरा बताउनु भएको हो ।
मुख्यमन्त्री कार्कीले २०७९ को निर्वाचन पश्चात पटक पटक मुलुकमा सरकार बन्ने खेल हुँदा अस्थिरता बढेर गएको भन्दै अस्थिरताका कारण मुलुकलाई ठुलो क्षती पुगेकोले एमालेले आफ्नो मुल प्रतिस्पर्धी पार्टी कांग्रेस संगै सहकार्य गर्न बाध्य भएको जिकिर गर्नु भयो ।
उहाँले नेकपा एमालेले अन्य कुनै पार्टी जस्तो च्याँखे थापेर सरकारमा जाने वा मन्त्री बन्ने खेलमा नलाग्ने भन्दै जनताको मन जितेर जनताको विश्वासले सरकारमा जाने भएको कारण कसैसँग पनि सहकार्य गर्दा मुलुकलाई विकास र समृद्धिमा लैजाने गरि सहकार्य गर्ने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले आफुहरुले कांग्रेस संग बाकी कार्यकाल सत्ता सहकार्य गरेको भएपनि चुनावमा उहाँले आगामि निर्वाचनमा गठबन्धन नहुने भन्दै दुई पार्टी बीच स्वस्थ प्रतिस्पर्धा हुने समेत बताउनु भयो । कार्कीले कांग्रेस आफुहरुको मुख्य प्रतिस्पर्धी भएको भएपनि बर्तमान देशको अवस्थालाई मध्यनजर गरेर सत्ता सहकार्य भएको दावी गर्नुभयो । मुख्यमन्त्री कार्कीले एमाले सँधै मुलुकमा स्थिरता, विकास र समृद्धिको पक्षमा भएकोले पनि कांग्रेस संग सहकार्य गर्न पुगेको बताउनुभयो
उहाँले केन्द्रीय सत्ता समिकरण अनुरुपनै कोशी प्रदेश सरकार पनि केहिदिन भित्रै पुनर्गठन गरिने छ भन्नुभयो । उहाँले उदयपुरको विकास निर्माणमा कोशी प्रदेश सरकारबाट कत्तिपनि कन्जुस्याई नगरी आम जनताले प्रत्यक्ष लाभ पाउन सक्ने खालका योजनाहरु सञ्चालन गर्न र विकासमा दोहो बजेट विनियोजन नगरी स्थानीय सरकारसँग हातेमालो गरेर अगाडि बढ्न कोशी प्रदेश सरकार कटिबध्द रहेको पनि बताउनुभयो ।
उहाँले जहिल्यै सत्ताको खिचातानी हुने र जनता र मुलुकको विकास र समृध्दि नहुने अवस्था आई रहने भएकोले आवश्यक्त अनुसार दलीय सहमतिका आधारमा संविधान समेत आवश्यक परेमा आँशिकरुपमा संसोधन गरेर भएपनि अगाडि बड्नुपर्ने आजको आवश्यक्ता भएको बताउनुभयो ।
शनिबार नेकपा एमाले चौदण्डीगढी नगर कमिटिको आयोजना भएको बृहत पार्टी प्रवेश कार्यक्रममा जसपा, माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका पार्टी परित्याग गरि एकसय ६२ जना कार्यकर्ताहरु नेकपाएमालेमा प्रवेश गर्नुभएको छ ।
ठुलो संख्यामा उपस्थित नेता तथा कार्यकर्ताले एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएकोथियो । कार्यक्रमा बोल्दै एमाले उदयपुरका अध्यक्ष भागवत राउतले नवप्रवेशीहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने बताउदै उदयपुरमा मिसन ८४ सफलता तर्फ उन्मुख भएको दावी गर्नुभयो ।

No data was found

सम्बन्धित खवर

हायसको ठक्करबाट पैदल यात्रीको मृत्यु

उदयपुरको बेलका ९ मा माओवादीका भरत घिमिरे विजयी

त्रिनपा १२ मा नेकपा माओवादीका उम्मेदवार नविनकुमार राई विजयी

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

उदयपुरमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

सिमेन्ट उद्योगका कर्मचारी तलव विहिन

कारको ठक्करबाट एकको मृत्यु तीन घाईते

विपन्न बालबालिकालाई पोसाक वितरण त्रियुगा न्युज

मोटरसाईकल दुर्घटनामा बाबुकोे मृत्यु दुई छोरा घाईते

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित