उदयपुरका आठमध्ये सातवटा पालिकाद्वारा नीति कार्यक्रमसहित बजेट सार्वजनिक

त्रियुगा न्युज
गाईघाट,असार ११ । चारवटा नगरपालिका र चारवटा गाउँपालिका गरी आठवटा स्थानीय तहहरु रहेको उदयपुर जिल्लाका सातवटा पालिकाले सोमवार आर्थिक वर्ष २०८१।०८२ लागि अनुमानित आय ब्यया तथा नीति कार्यक्रम सार्वजनिक गरेकाछन ।
आआप्mनो पालिकाको भूगोल,जनसङ्ख्या र आवश्यक्ताका आधारमा कृषि,शिक्षा,स्वास्थ्य,पूर्वाधार निर्माण,पर्यटन विकास र सामाजिक सुरक्षासँग सम्बन्धित कार्यक्रमहरुलाई मुख्य प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको छ । पालिकाहरुले आआप्mनो आर्थिक गक्ष अनुसार श्रोत परिचालन र राजश्व सङ्कलनको लागि करको दररेटसमेत निर्धारण गरेर बजेट सार्वजनिक गरेकाछन ।
जस अनुसार जिल्लाको सदरमुकामाम रहेको त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्तकुमार वस्नेतले नगरको नीति तथा कार्यक्रमलाई साकार पार्न दुई अर्व १५ करोड,७१ लाख,५७ हजारको बजेट प्रश्तुत गर्नु भएको छ । त्रियुगा नगरपालिकाको १३ औ नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख वस्नेतले सो परिमाणको बजेट तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
यसैगरी चौदण्डिगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले प्रत्येक वडामा नगरस्तरीय कालोपत्रे सडक निर्माण गर्ने गरी नगर गौरवको आयोजनासहित ७९ करोड ६३ लाख ३६ हजार रुपियाँको बजेट सार्वजनिक गर्नुभएकोछ । वेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले ३९ करोड ३६ लाख ५८ हजार रुपियाँको बजेट सार्वजनिक गर्नुभएको हो ।
यसैगरी उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानवहादुर मगरले ८० करोड ८० लाख,२३ हजार, रौतामाई गाउँपालिकाका अध्यक्ष विरेन्द्र मगरले ५७ करोड छ लाख ९७ रुपियाँको अनुमानित बजेट प्रश्तुत गर्नुभएको छ । ताप्लि गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विकले ३८ करोड ४७ लाख ८६ हजार र लिम्चुङ्बुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले ३१ करोड एकलाख ६७ हजार रुपियाँको बजेट प्रश्तुत गर्नुभएकोछ ।
उता जिल्लाको दोश्रो ठूलो नगरपालिका कटारीले भने आन्तरिक विवादका कारण कार्यपालिकाको बैठक बस्न नसकेपछि नियमअनुसार आज प्रश्तुत गर्नुपर्ने नीति कार्यक्रम र बजेट प्रश्तुत गर्न नसकेको वडा नं ३ का वडा अध्यक्ष पुस्कर खड्काले बताउनुभयो ।

 

बिज्ञापन
No data was found

सम्बन्धित खवर

हायसको ठक्करबाट पैदल यात्रीको मृत्यु

उदयपुरको बेलका ९ मा माओवादीका भरत घिमिरे विजयी

त्रिनपा १२ मा नेकपा माओवादीका उम्मेदवार नविनकुमार राई विजयी

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

उदयपुरमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

सिमेन्ट उद्योगका कर्मचारी तलव विहिन

कारको ठक्करबाट एकको मृत्यु तीन घाईते

विपन्न बालबालिकालाई पोसाक वितरण त्रियुगा न्युज

मोटरसाईकल दुर्घटनामा बाबुकोे मृत्यु दुई छोरा घाईते

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित